पिउने पानीबाट वञ्चित गराएको भन्दै मानव अधिकार आयोगमा उजुरी

आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–१३ पैयुँपाटा बडहरेक मिलन ढकालले आफ्ना वृद्ध बाबा आमालाई खानेपानीबाट वञ्चित गरिएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिनु भएको छ ।

आफ्ना ६७ वर्षिय बा र आमालाई जनप्रतिनिधिकै उक्साहाटमा पानीको धारासम्म पुग्ने बाटोमा बार लगाएर पिउने पानीबाट बञ्चित गरेको भन्दै को भन्दै ढकालले ०८० फागुन १७ गते राष्ट्रिय मानव अधिकार आयोग काठमाडौंमा उजुरी दिनु भएको हो ।

ढकालले बागलुङ नगरपालिका–१३ का वडा अध्यक्ष नारायण शर्मा पौडेल, स्थानीय नारायण ढकाल र सनम ढकाल लगाएको नाममा आयोगमा उजुरी दिनु भएको हो ।

पैयुँपाटा बडहरेका ६७ वर्षीय गंगा ढकाल पाध्यले २०७२ सालबाट पिउदै आएको पानीको धारामा पुग्न स्थानीयको नीजि जमिनको बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेकोमा ०७९ चैत महिनाबाट उक्त बाटोमा बार लगाईएको छ ।

पानी लिन जाने बाटोमै बार लगाएपछि ढकाल दम्पत्तीले हारगुहार गर्दै आउनु भएको थियो ।

वडा अध्यक्ष नारायण शर्मा पौडेलले समस्या समाधानका लागि पटक पटक पहल गरिएको भएपनि सफल नभएको बताउँदै न्यायीक समितिमा उजुरी परेकाले पुनः छलफलको तयारी गरिएको बताउनु भयो ।

गंगा ढकालले आफ्नो खेतमा जाने बाटोमा बार लगाएकाले आफुहरु बाध्य भएर गंगाले पानी ल्याउन प्रयोग गर्ने बाटोमा बार लगाएको स्थानीय नारायण ढकालले बताउनु भयो ।

तर, गंगाले भने आफ्नो घर वा गोठको छेउबाट बाटो दिन तयार रहँदा रहँदै पनि स्थानीयहरु घर आगनको बिचबाटै बाटो चाहिन्छ भनेर आफुमाथी अन्याय गरिरहेको बताउनु हुन्छ ।

जनप्रतिनिधिको निर्देशनमा पानी ल्याउन प्रयोग गर्दै आएको बाटोमा बार लगाईएको भन्दै बिहीबार आयोगमा निवेदन आएको राष्ट्रिय मानव अधिकार आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले जानकारी दिनु भयो । आयोगले प्रदेश कार्यालय पोखरामा उजुरी पठाउने र थप अध्ययन पोखरा कार्यालयबाट हुने पोखरेलले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *