भगवती प्रावि सिगानको २७ औं वार्षिकोत्सव


आदर्श अनलाईन, बागलुङ
भगवती प्राथमिक विद्यालय बागलुङ नगरपालिका–८ सिगानाको २७ औं वार्षिकोत्सव सम्पन्न भएको छ ।

वार्षिकोत्सव कार्यक्रममा बोल्दै प्रमुख अतिथि बागलुङ नगरपालिका–८ सिगानाका वडा अध्यक्ष छम बहादुर कार्कीले गुणस्तरीय शिक्षाको विकासका लागि अभिभावक, बालबालिका र शिक्षकको समन्वय आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले शिक्षामा भौतिक पूर्वाधारपछि गुणस्तर बढाउन लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा निवर्तमान वडा अध्यक्ष राजन जिसी, नेकपा एमाले सिगानाका सचिव अर्जुन खड्का, सिगाना माध्यामिक विद्यालय लामिचौरका प्रधानध्यापक चन्द्र मल्ल, श्रीगणेश कृषि सहकारी सिगानाका अध्यक्ष राम बहादुर खड्का, ज्ञानकुन्ज प्राविका प्रधानध्यापक ज्ञानेन्द्र गौतम, पुर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेम बहादुर जिसी र सिगाना सिकाई केन्द्रका ईश्वरी बिक र विद्यार्थी खुस्बु खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा विद्यालयका प्रधानध्यापक भद्र बहादुर कार्कीले विद्यालयको प्रगति प्रविदेन प्रस्तुत गर्नुभएको थियो ।



कार्यक्रममा पूर्व विद्याथी तथा पत्रकार महासंघ बागलुङका कोषाध्यक्ष खेमराज गौतम सुवास, उत्कृष्ट शिक्षक शिव कुमार खड्का, उत्कृष्ट अभिभावक गंगा गौतम र सृजनशिल सामुदायिक महिला समूहका अध्यक्ष डिल कुमारी कार्कीलाई सम्मान गरिएको थियो ।



कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोबिन्द प्रसाद गौतमको अध्यक्षता, शिक्षक अभिभावक संघका अध्यक्ष देवेन्द्र कार्कीको स्वागत तथा शिक्षक शिव कुमार खड्काको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *