धौलागिरि बहुमुखी क्याम्पसमा बिमा सम्वन्धी सचेतना कार्यक्रम

आदर्श अनलाइन, बागलुङ

धौलागिरि बहुमुखी क्याम्पस बागलुङमा बिमा सम्वन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाले बिविएस प्रथम बर्षका बिद्यार्थीहरुका लागि बिमा सम्वन्धी सचेतना कार्यक्रम गरेको हो । कार्यक्रममा बिमा क्षेत्रको सम्भावना, जिवन बिमा गर्नुको फाइदा बिमा क्षेत्रमा भएका अवसर लगाएतका बिषयमा सहजिकरण गरिएको थियो ।

कार्यक्रममा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका क्षेत्र प्रवन्धक बलराम कँडेलले सहजिकरण गर्नु भएको थियो ।

सो अवसरमा धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख धुर्वराज गौतम, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स बागलुङ शाखाका प्रवन्धक प्रेमप्रसाद ढकाल र मिना जिसीले मंतव्य व्यक्त गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *