सहकारीकर्मीका लागि कार्यस्थलमा लैंगिक हिंसा सम्बन्धी कार्यक्रम

आदर्श अनलाइन, ललितपुर

राष्ट्रिय सहकारी बैंक लिमिटेडले राष्ट्रिय सहकारी महासंघसंगको सहकार्यमा कार्यस्थलमा हुने लैंगिक हिंसा सम्बन्धी एक दिने अन्तरक्रिया कार्यक्रम बिहीवार सम्पन्न भएको छ ।

अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारेर जुममार्फत आयोजना गरिएको कार्यक्रममा देशभरका ३ सय जना सहकारीकर्मीहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा राष्ट्रिय महिला आयोगका उपसचिव सिता अधिकारीले कार्यस्थलमा हुने लैंगिक हिंसा सम्बन्धमा सहजीकरण गर्नु भएको थियो ।

महिलाहरुमाथि कार्यस्थलमा विभिन्न खालका हिंसा हुदै आएको भन्दै उहाँले हिंसा न्यूनिकरणका लागि सचेतना आवश्यक रहेको बताउनुभयो ।

कार्यस्थलमा हुने हिंसाका स्वरुपहरु आर्थिक, शारीरिक, मनोसामाजिक, यौनजन्य तथा अत्यधिक कार्यवोझ लगायतका हुने गरेको विभिन्न क्षेत्रमा भएको अध्ययन तथा उजुरीका आधारमा देखिएका छन्, राष्ट्रिय महिला आयोगका उपसचिव अधिकारीले भन्नुभयो,–‘महिला माथि हुने सबै प्रकारका हिंसा न्यूनिकरणका लागि शिक्षा, सचेतना र सक्रियता आवश्यक छ ।’

कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका सञ्चालक हुमा कुमारी जिसी (अञ्जु) ले परम्परा, प्रचलन लगायत विभिन्न कारणबाट महिला र पुरुषमा विभेद रहदै आएको र त्यसलाई न्यूनिकरण गर्नका लागि सरोकारवालाहरुबीच सहकार्य र समन्वय आवश्यक रहेको बताउनुभयो ।

सहकारी क्षेत्रमा कार्यस्थलमा हुने हिंसाका विषयमा सचेतना प्रदान गरी न्यूनिकरणका लागि महासंघ, बैंक, केन्द्रीय संघहरु र जिल्ला तथा प्रारम्भिक सहकारीहरुले समेत सचेतना कार्यक्रम सञ्चालन गर्नु पर्नेमा उहाँले जोड दिनु भएको थियो ।

कार्यक्रमका अध्यक्ष तथा राष्ट्रिय सहकारी बैंकका सञ्चालक, लैंगिक उपसमितिका संयोजक तारा गुरुङले हिंसाका रुप अविकसित र विकसित देशहरुमा फरक फरक हुने गरेको भन्दै शिक्षाका माध्यमबाट न्यूनिकरण गर्न सकिने बताउनु भएको थियो ।

राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले स्वागत मन्तव्य व्यक्त गर्दै कार्यस्थलमा हुने हिंसा के हो ? कसरी थाहा पाउने ? हिंसा न्यूनिकरणका लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने विषयमा जानकारी दिनका लागि कार्यक्रमको आयोजना गरिएको बताउनु भएको थियो ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय सहकारी बैंकका व्यवसाय प्र्रवद्र्धन विभागका प्रमुख तथा लैैंगिक उपसमितिका सदस्य सचिव तथा मधु रायमाझीले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *