अर्ना ‘दोस्रो जेसीज कप’ फुटबल प्रतियोगिता फागुन २७ गतेदेखि

रोहन जि.सी, बागलुङ

‘जेसीज कप’ फुटबल प्रतियोगिताको दोस्रो संस्करण फागुन २७ गतेदेखि हुने भएको छ ।

बागलुङ जेसीजले बिहिबार पत्रकार सम्मेलन गर्दै अर्ना ‘दोस्रो जेसीज कप’ फुटबल प्रतियोगिता फागुन २७ गतेदेखि चैत २ गतेसम्म हुने जानकारी गराएको हो ।

बागलुङ जेसीजका अध्यक्ष गणेश महतोले प्रतियोगितामा साबिक धौलागिरी अञ्चलका बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका क्लबहरूले सहभागिता जनाउन सक्ने बताए । उनले क्लबहरूले दुई जना विदेशी र अन्य नेपालका खेलाडीहरु राख्न पाउने जानकारी दिए ।

अध्यक्ष महतोले प्रतियोगितामा सहभागिताको लागि दर्ता शुल्क १२ हजार रुपैयाँ राखिएको बताउँदै विजेताले नगद १ लाख ५५ हजार ५ सय ५५ र उपविजेताले ७५ हजार ५ सय ५५ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने बताए । यस्तै सेमिफाइनल पुग्ने टिमले १५ हजार रुपैयाँ प्राप्त गर्ने अध्यक्ष महतोले जानकारी दिए । प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक, रक्षक, मिडफिल्डर, स्टाइकरले विधागत पुरस्कार प्राप्त गर्ने छन् ।

प्रतियोगितामा १५ बढी टिमले सहभागिता जनाउने आयोजकले जनाएको छ । प्रतियोगिता सम्पन्न गर्नको लागि ९ लाख ९६ हजार ५ सय रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको जेसीज बागलुङका महाचिव ताराप्रसाद शर्माले बताए । उनले प्रतियोगिताको मुख्य प्रायोजक अर्ना वियर रहेको बताउँदै अन्य विभिन्न कम्पनी, स्थानीय तह तथा संघसंस्था र व्यक्तिहरु सहयोगीको रुपमा रहेको जानकारी दिए । महासचिव शर्माले प्रतियोगिता संचालनबाट १ लाख ५० हजार रुपैयाँ बचत गर्ने र उक्त रकम जेसीज कपको निरन्तरता र संस्थागत विकासमा खर्च गर्ने बताए ।

बागलुङ जेसीजका अध्यक्ष गणेश महतोको अध्यक्षता, महासचिव ताराप्रसाद शर्माको संचालन र कोषाध्यक्ष प्रेमप्रसाद ढकालको स्वागत तथा कार्यकारिणी उपाध्यक्ष कार्कीले जेसीज आस्था पाठ गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङकी सहसचिव सिर्जना पन्तले शुभकामना दिएकी थिइन् । उद्घाटन शत्र २६ गते गरेर जेसीजले ट्रफी र टाइसिट सार्वजनिक गर्ने समेत बताएको छ । प्रतियोगिताका सम्पूर्ण खेल बागलुङ नगरपालिका–१ बाङ्गेचौर खेलमैदानमा हुनेछन् ।

जेसीज कपको पहिलो संस्करणको उपाधि नेपाल आर्मीको श्री मेहर गणले जितेको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *