आदर्श अनलाइन, बागलुङ
फागुन २१ गते सत्ता सहकार्यमा फेरबदल भएपछि नेकपा एमाले गण्डकी प्रदेश सभा संसदीय दलको पहिलो बैठक आइतबार बसेको छ ।
संसदीय दलका नेता खगराज अधिकारीको अध्यक्षतामा बसेको बैठकले तीन वटा निर्णय गरेको एमाले गण्डकी प्रदेशका प्रमुख सचेतक गोविन्द नेपाललीले जानकारी दिनुभयो ।
बैठकले गठबन्धन परिर्वतन भएसँगै गण्डकी प्रदेश सरकार कामचलाउ सरकारमा परिणत भएको भन्दै दिर्घकालिन असर पर्ने कुनैपनि निर्णय नगर्न र कुनैपनि काम कारबाही अगाडी नबढाउन सरकारलाई सचेत गराउने निर्णय गरेको प्रमुख सचेतक नेपालीले बताउनु भयो ।
बैठकले गण्डकी प्रदेश सरकार निर्माणको पक्रियामा सहज र स्वभाविक राजनीतिक निकासका लागि वातावरण बनाउन सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।
त्यसैगरी परिवर्तित परिस्थितिमा आवश्यक संवाद र समन्वयका लागि नेता खगराज अधिकारीलाई जिम्मा दिने निर्णय गरेको नेपालीले जानकारी दिनुभयो ।
गण्डकी प्रदेशको कामचलाउ सरकारलाई सचेत गराउने एमाले संसदीय दलको निर्णय
