निसीखोला दुर्घटना अपडेट : मृतकको संख्या आठ पुग्यो

आदर्श अनलाइन, बागलुङ
सोमबार साँझ बागलुङको निसीखोलामा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुगेको छ । घाइते हुनेको संख्या २४ रहेको छ । मृत्यु हुनेमा चार जना पुरुष र चार जना महिला रहेको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विकले जानकारी दिनुभयो ।

मृत्यु हुनेको सनाखत नभएको उहाँको भनाइ छ । सात जनाको घटनास्थलमै मृत्यु भएको र एक जनाको अस्पतालमा ल्याउने क्रममा मृत्यु भएको विकले बताउनुभयो । घाइते २४ जनालाई बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा ल्याइएको छ ।

त्यस मध्ये चार जनालाई पोखरा रेफर गर्न थालिएको उहाँको भनाइ छ । रुकुम पूर्वबाट काठमाडौँका लागि छुटेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नं. को बस आज साझ ५ बजे बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *