तंग्राममा काठेखोला गाउँपालिकाको सार्वजनिक सुनुवाई

आदर्श अनलाइन, बागलुङ
काठेखोला गाउँपालिकाले चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म ४३.प्रतिशत प्रगति हाँसिल गरेको छ । चालु तर्फ ४८.७ प्रतिशत र पूँजीगत तर्फ ३३.१५ प्रतिशत प्रगति हाँसिल गरेको छ ।
काठेखोला गाउँपालिकाको आयोजना र लेखन नेपाल मीडिया प्रा.लि बागलुङको सहजिकरणमा वडा न. ४मा सोमबार सम्पन्ने पालिकाको दोस्रो चौमासिकको सार्वजनिक सुनुवाई कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमले ४३ प्रतिशत प्रगति भएको बताए ।

No description available.

पालिकाले बनाएको २४५ योजना मध्ये ९२ वटा योजना सम्पन्न भएको उनले बताए । काठेखोला गाउँपालिकाले चालु आर्थिक बर्षको लागि ५६ करोड ७३ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ । कार्यक्रममा काठेखोला गाउँपालिका अध्यक्ष राजु थापाले पालिकामा सुशासन अभिवृद्धिको लाग आफुहरु निरन्तर लागि परेको बताए । उनले गाउँपालिकाको विकासको लागि निरन्तर संघर्षरत रहेको बताए ।

No description available.

नागरिकबाट उठेका विभिन्न प्रश्नहरुको जवाफ दिदै उनले समृद्ध काठेखोला गाउँपालिका निर्माणको लागि सबै एक भएर लाग्न समेत आग्रह गरे ।

‘हामी निर्वाचित भएदेखि सुशासन अभिवृद्धि गर्न, पालिकालाई पारदर्शि बनाउन निरन्तर लागिपरेका छौँ ।’ उनले भने–‘अहिलेलाई अपेक्षाकृत उपलब्धी नभएपनि सुधारउन्मुख रहेको छ ।’

No description available.

उपाध्यक्ष तेज बहादुर थापाले पालिकाका योजनाहरुको प्रभावकारी अनुगमन गरिएको बताए । उनले पालिकाले लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएको बताए । पालिकाले चालु आर्थिक बर्षमा ४२ लाख १५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । स्थानीयले प्रतिमान थापाले तंग्राममा ढुङ्गको मुल्य धेरै रहेको बताउँदै त्यसलाई घटाउन आग्रह गरेका थिए । रणबहादुर थापाले पालिकाभित्रका आयोजनाका कामहरुमा युवाहरुलाई परिचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

No description available.

तुल बहादुर थापाले तंगाममा रहेको खोर ताल संरक्षणमा बेवास्ता गरिएको, थम बहादुर पुनले काठेखोला रिङरोड निर्माणमा ढिलाई भएको, विष्णु आलेले कार्यक्रममा हुने खर्चलाई पारदर्शि गराइनु पर्ने, राधा थापाले सबै नागरिकलाई सिपमुलक तालिम उपलब्ध गराइनु पर्ने बताएका थिए । नागरिकहरुले प्रशासकीय भवन नबन्नुका कारण, सुशासन, खानेपानी, बाटो लगायतका विभिन्न विषयमा प्रश्न, जिज्ञासा र सुझावहरु राखेका थिए ।

No description available.

कार्यक्रममा नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय रानाले टिप्पणी गर्दै आन्तरिक श्रोतलाई बढाउनु पर्नेमा जोड दिएका थिए । समृद्धिको आधार आन्तरिक श्रोत भएको बताउँदै कूल बजेटमा आन्तरिक श्रोतको योगदान न्यून रहेको उल्लेख गर्दैै आन्तरिक श्रोतको खोजी गर्नु पर्नेमा जोड दिएका थिए ।

No description available.

नेपाल पत्रकार महासंघकी सह–सचिव सिर्जना पन्तले पालिकाको सेवा प्रवाह सम्बन्धमा तयार गरिएको नागरिक सन्तुष्टी सर्वेक्षण प्रस्तुत गरेकी थिइन् । पत्रकार डम्मर बुढा मगरले सार्वजनिक सुनुवाई सम्बन्धी आचारसंहिता प्रस्तुत गरेका थिए । कार्यक्रममा सहजिकरण पत्रकार संगम घर्तिले गरेका थिए ।

No description available.
No description available.
No description available.

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *