गैरेलाई तर्साउने त्यो सात गते


अमृत बास्कुने, म्याग्दी

संगै जिउने संगै मर्ने बाचा सहित अग्नी साँची राखेर बिबाह बन्धनमा बाँधिएको जोडी कदापी छुट्न चाँहदैन । तर कहि यस्तो बाध्यता आउन सक्छ त्यही कहिल्यै नछुट्ने बाचा गरेको व्यक्तिको मृत शरिर हेरेर एक्लै तड्पीदै बस्नु पर्ने अवस्था पनि आउने गर्दछ । हो त्यस्तै पिडा भएको थियो आज भन्दा २० वर्ष अगाडी तुलकुमारी गैरेलाई । आज चैत ७ गते तत्कालिन सशस्त्र युद्धरत नेकपा माओवादीले म्याग्दी आक्रमणको २० औं वर्ष पुग्दै गर्दा गैरेको पिडाले कति वर्ष बितायो हेक्का हुँदैन तर अहिल्यै जस्तो लाग्छ उहाँलाई त्यो पिडाको दिन ।

चैत ७ गते राती ११ बजे माओवादीले जिल्ला सदरमुकामलाई चारै तिरबाट घेरेर आक्रमण गर्दा तत्कालिन जिल्ला विकास समितिको कर्मचारीको क्वाटरमा बस्ने तुलकुमारी गैरे आफ्ना पति, २ वर्षकी छोरी र १२ वर्षिय एक जना भतिजि सँगै हुनुहुन्थ्यो । नेपाली सेना र नेपाल प्रहरीको वर परको टुकडी बीचमा पर्ने जिल्ला विकास समितिको उक्त कार्यालय दोहोरो भिडन्तको मारमा परेको थियो । कोठा थुनेर चुपचाप भगवान पुकार्दै बसीरहनु भएका उहाँलाई करिब बिहान ४ बजे तिर नेपाली सेनाका जवान पानी माग्न आएपछि उहाँका श्रीमान योगेन्द्र गैरेले ढोका खोल्दा उहाँलाई शरिरमा गोली लाग्यो । गोली लागेपछि छटपटीदै यता उर्ता गर्ने क्रममा थप गोली लागेपछि झण्डै साढे ४ बजे योगेन्द्रको मृत्यु भएको तुलकुमारी सुनाउनु हुन्छ ।

राती साढे चार बजे मृत्यु भएको पतीको सव हेरेर सानी छोरी स्याहार्दै तड्पनमै दिउँसो ४ बजे सम्म छटपटिनु भएकी उहाँलाई ४ बजे पछि मात्र उद्धार गरेको उहाँलाई याद छ । पति गुमाउँदाको पिडा अनि सानी छोरी आफ्नो शरिरमा पनि गोलीको छर्रा लागेर घाइते अवस्थामा पुग्दाको अवस्था बयान गर्दा उहाँको आँखा ओभानो भने हुन सकेन ।

तुलकुमारीलाई अहिले पनि कतै चट्याङ पर्दा होस या भाँडाहरु जुधेर अवाज आउँदा पनि त्यही कहालीलाग्दो दिनले तर्साउने गर्दछ । २०६० चैत ७ गते राती सदरमुकाम बेनीमा भीषण आक्रमण गरेको थियो तत्कालिन सशस्त्र युद्धरत नेकपा माओवादीले कयौंपटक सत्तामा पुग्यो तर आफन्त गुमाएको पिडाले भने मल्हम लगाउन सकेको पक्कै पनि छैन । त्यही आक्रमणको क्रममा युद्धस्थलमा रहेकी गैरेले आफ्नो पति गुमाउनु भएको थियो भने दुई वर्षकी काखे बालिकालाई कसरी जोगाउने भन्ने मै १८ घण्टा भन्दा बढी समय कोठा भित्रै थुनिएर बस्नु परको थियो ।

हाल जिल्ला समन्वय समिति म्याग्दीमा कार्यालय सहयोगीका रुपमा रहनु भएकी गैरे तत्कालिन जिल्ला विकास समितिको कर्मचरी क्वाटरमा हुनुहुन्थ्यो । माओवादीले म्याग्दी सदरमुकाम आक्रमण गरेको समयमा युद्ध क्षेत्रमै रहेको जिल्ला विकास समितिको क्वाटरमा श्रीमान योगेन्द्र गैरे, १२ वर्षिय भतिजि र २ वर्षिया छोरीका साथमा हुनुहुन्थ्यो । ढोका खोल्ने क्रममा श्रीमानलाई छाती, कोखा र अन्यत्र गोलि लागेपछि आफ्नो आँखै अगाडी मृत्यु भएको विवस भएर हेर्नु सिवाय अरु उपाय थिएन तुलकुमारीलाइ । उहाँ भन्नुहुन्छ–‘गोलि लाग्यो अनि खटपटिएर यताउता गर्दा झन अरु ठाउँमा पनि लाग्यो र उहाँको मृत्यु भयो, अहिले पनि यो घटनास्थल पुग्दा होस या चट्याङ पर्दा पनि त्यही त्रासले सताउँछ ।’ राती ११ बजे बाट लडाइँ सुरु भएको थियो साढे चार बजे तिर श्रीमानको मृत्यु भए पनि दिउँसो ४ बजे पछि मात्र म भएकोमा उद्धार टोली आएका थिए । मलाइ पनि गोलिका छर्रा लागेको थियो रगतकै आहालमा बसेरै भए पनि धन्न म बाँचे श्रीमान बित्नुभयो–गहभरी आसु पार्दै गैरेले भन्नुभयो । राज्यको तर्फबाट दिने भनिएको मृतकको राहत १० लाख पाएँ तर मान्छे गुमाएँ म आफै घाइते भएँ मानसिक पिडा त कहिले सकिएला र उहाँले सुनाउनुभयो ।

बेनी नगरपालिका–७ जिल्ला प्रहरी कार्यालय अगाडी बस्ने मानबहादुर खत्रीको अनुभव पनि त्यस्तै छ । प्रहरी कार्यालयको ठिक आगाडी त्यस दिन बच्चा तथा पाहुना गरेर १७ जना थियौं । आक्रमण सुरु भयो बाहिर निस्कने आँटै भएन राती ११ बजे देखि दिउँसो १ बजे सम्म एउटा कोठा भित्रै थुनिएर बस्दाको यादले सँधै सताउँछ भन्नुहुन्छ–मानवहादुर क्षेत्री । त्यो दिन पाँच जना बच्चा अनि अरु ४ जना पाहुना तथा परिवार गरी १७ जना थियौं । सानो तिनो होटल गर्ने हामी चिया बेच्ने डेढसय जति सिसाका गिलासहरु थिए सबै फुटेका थिए । बाहिर निस्कने कुरा भएन चर्पी पनि बाहिरै थियो सबैले बाल्टीन, ग्यालीन तथा भाँडामै पिसाब फेरेरै बसियो तर धन्न कसैलाइ केही भएन उहाँले सुनाउनुभयो । पुलिस तथा सेनाहरु धेरै मरे तर मानसिक पिडा र यातना भोगे पनि हाम्रो परिवारमा त्यो दिन मानविय क्षती भएन त्यसैमा सन्तुष्टि मान्न पर्ने अवस्था छ ।

२०६० चैत ७ गते म्याग्दी आक्रमण पछि रक्षा मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा पाँच सय माओवादी मारिएको र माओवादीहरू गरेको दावीमा १ सय २५ जना ‘शाही सेना’ र २६ जना प्रहरी मारिएको भनेतापनि बेनी आक्रमणमा तत्काल पुष्टि भएको भने १७ जना प्रहरी र १४ सैनिक र कम्तीमा ९० जना माओवादी मारिएका थिए । उक्त आक्रमणमा घाइतेहरू मध्येबाट दुवैतर्फ के कति मृत्यु भयो, एकिन तथ्याङ्क कहीँ कतै नपाइएको भए पनि बेनी आक्रमणका क्रममा दुई जना बालबालिकासहित १९ जना सर्वसाधारण मारिएका थिए ।

बेनी आक्रमणका क्रममा माओवादीले रोल्पाको उत्तरपूर्वी थवाङबाट रुकुम जिल्लाको लुकुम हुँदै घुमाउरो बाटोबाट ढोरपाटन शिकार आरक्ष छिचोल्दै म्याग्दी सदरमुकाम बेनी झरेको १७ दिने पैदमार्गलाई रक्तिम मार्ग अर्थात गुरिल्ला मार्ग भन्ने गरिन्छ । म्याग्दीको बेनीबाट सुरु हुने यो पदमार्ग रोल्पा पुगेर टुङ्गिन्छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *