बागलुङ नगरपालिका र लुम्बिनी सांस्कृतिक नगरपालिका बीच भगिनी सम्बन्ध

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका र रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरिएको छ । बुधबार दुई स्थानीय तहका प्रमुखहरूले भगिनी सम्बन्ध स्थापनाको सहमति पत्रमा हस्ताक्षर गर्नुभएको थियो ।
विश्व सम्पदामा सुचिकृत, विश्व शान्ति क्षेत्र, धार्मिक एवम् पर्यटकीयय नगरी लुम्बिनी साँस्कृतिक नगरपालिका, लुम्बिनी प्रदेश र धार्मिक एवम् पर्यटकीय नगरी बागलुङ नगरपालिका, बागलुङ जिल्ला, गण्डकी प्रदेश बीच पर्यटन प्रर्बद्धन, असल अभ्यास र अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमान र बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले बागलुङ नगरपालिकामा आयोजित एक समारोहका बीच संयुक्त रुपमा समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको थियो । भगिनी सम्बन्ध स्थापना गर्न नगर प्रमुख मुसलमान उपप्रमुख कल्पना हरिजन सहित जनप्रतिनिधि र कर्मचारी बागलुङ नगरपालिका आएको थियो ।

भगिनी सम्बन्धले दुई नगरपालिका बीच कला तथा सांस्कृतिको आदानप्रदान गर्न सहयोग पुग्ने बताउदै बागलुङ नगरपालिकाका नगर प्रमुख बसन्त कुमार श्रेष्ठले असल अभ्यासको आदान प्रदान र पर्यटन प्रर्बद्धनका लागि महत्वपूर्ण सहयोग पुग्ने बताउनुभएको छ ।

“बागलुङ नगरपालिका र लुम्बनी साँस्कृतिक नगरपालिका बीच असल अभ्यास आदान प्रदान गर्न र बागलुङको पर्यटनलाई लुम्बिनी संग जोड्नका लागि भगिनी सम्बन्ध कायम गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर गरेका छौं” नगर प्रमुख श्रेष्ठले भन्नुभयो “खासगरी पहाड र तराइलाई जोड्ने सँस्कृतिको आदान–प्रदान गर्ने र त्यहाँको लुम्बिनीमा आएको पर्यटकलाई बागलुङ बजार सम्म ल्याउने यो सम्बन्धले महत्वपूर्ण योगदा पु¥याउने छ ।”

भगवान गौतम बुद्धको जन्मभूमी रहको नगरपालिका र धार्मिक हिसावले पवित्र तपोभूमिका रुपमा रहेको बागलुङ नगरपालिकाको कला संस्कृति, भाषा, भेषभूषा संगै अनुभव समेत आदान प्रदान गर्न महत्वपूर्ण योगदान पु¥याउनेगरी भगिनी सम्बन्ध कायम गरिएको लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख सजरुद्दिन मुसलमानले जानकारी दिनुभयो । उक्त सम्बन्धले पहाड र तराई संगै जोडेको बताउदै नगर प्रमुख मुसलमानले सम्बन्धलाई दस्र्घकालिन बनाउदै दुबै नगरको विकासमा महत्वपूर्ण भुमिका खेल्न सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ ।

“शान्तिको भूमि हाम्रो लुम्बिनी र धार्मिक तथा ऐतिहासिक महत्व बोकेको बागलुङ नगरपालिका बीच गरेका असल अभ्यासको आदान प्रदान गर्ने छौं, विकास निर्माणमा समेत साझेदारी गरेर अगाढी बढ्ने छौं” नगर प्रमुख मुसलमानले भन्नुभयो “लुम्बिनीलाई बागलुङ संग जोड्न उक्त सम्बन्धले सहयो पु¥याएको छ, बागलुङ नगरपालिकाको सिंगो समूहलाई लुम्बिनी नगरपालिकामा निमन्त्रणा समेत गरेको छु यहाँको कालिका मन्दिर र पञ्चकोटको चर्चा लुम्बिनी सम्मै पुगेको बताउदै विभिन्न कला र सांकृतिक चाड पर्वमा समेत निमन्त्रणा आदान प्रदान गर्ने हाम्रो योजना छ ।”

लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगर प्रमुख र बागलुङ नगरपालिकाका नगरप्रमुखले आपसी सम्बन्धलाई थप मजबुत पार्दै आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासका लागि यो सहमती महत्वपूर्ण हुने विश्वास गर्नुभएको छ ।

दुई स्थानीय तहका बीचमा विकासका आफ्ना सफल अभ्यासहरूबाट प्राप्त सिकाइको आदानप्रदान गरी सफल अभ्यासहरूको अवलम्बन गर्नका लागि प्राविधिक सहयोग आदानप्रदान गर्ने, विशिष्ट विकास आयोजनाको सञ्चालन तथा कार्यान्वयन गर्नका लागि दुबै स्थानीय तहबाट संयुक्त रूपमा मिलेर तथा आपसी सहयोग आदानप्रदान गरी सञ्चालन गर्ने कार्यमा सहयोग गर्ने र पर्यटन प्रर्बद्धनमा सहयोग पुग्ने खालका परियोजना सञ्चालन गर्ने लगायतका विषयमा सहमती भएको बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्काले बताउनुभयो ।

खड्काले पहिलोपटक बागलुङ नगरपालिकाले लुम्बिनी साँस्कृतिक नगरपालिका बीच भगिनी सम्बन्ध कायम गरेको जानकारी दिनुभयो । भगिनी सम्बन्धका लागि बागलुङ नगरपालिकाका नगर उपप्रमुख राजु खड्का २ महिना अघि उक्त नगरपालिका पुगेर बागलुङ भ्रमणका लागि निमन्त्रणा दिनुभएको थियो ।

मुख्य धार्मिक तथा पर्यटकीय स्थलहरूको महत्व र विशेषताका आधारमा दुबै तहबाट प्रचार गर्ने, उत्पादित मौलिक कृषि उपजहरूलाई एक आपसमा बजारीकरण गर्न सहयोग गर्ने, कृषि र पशुपालनका क्षेत्रमा अपनाएका नयाँ प्रविधि, ज्ञान, सीपको सिको गर्दै कृषकहरूलाई तालिम तथा भ्रमणका कार्यक्रम गर्ने, उद्यमशीलता वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलताको विकास गर्ने, शिक्षाको क्षेत्रलाई समय सापेक्ष बनाउनका लागि दुबै स्थानीय तहका विद्यालयको अनुगमन तथा प्राविधिक शिक्षाको सञ्चालन, प्रवद्र्धन र विकास गर्न सम्बन्धले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा लुम्बिनी सांकृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजन, बागलुङका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाल र लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद ज्ञवालीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । दुई स्थानीयतहको नगरप्रमुखको संयुक्त अध्यक्षतामा सम्पन्न कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलको स्वागत तथा प्रशासन शाखा प्रमुख भिमसेन पन्तको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *