गण्डकी प्रदेश बास्केटबल संघको अध्यक्षमा गुरुङ


आदर्श अनलाइन, बागलुङ
गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा धोज कुमार गुरुङ सर्बसम्मत निर्वाचित हुनुभएको छ ।
पोखरामा सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुनुहुन्छ भने यस अघि कास्की जिल्ला बाँस्केटबल संघको अध्यक्षमा समेत भइसक्नुभएको छ ।

यसै गरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा (म्याग्दी) र कौशल्या गुरुङ (स्याङजा) निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ (कास्की) र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग (कास्की) सर्वसम्मत निर्वाचित हुनुभएको छ ।

कार्यसमिति सदस्यमा जगत राना (स्याङजा), सोनाम गुरुङ (लमजुङ), शौरभ केसी (बागलुङ), विशन राना (म्याग्दी), मिलन पाइजा पुन (पर्वत), प्रदिप रसाइली (मुस्ताङ), कृपाश्वर गुरुङ (कास्की) र कृष्णकुमार श्रेष्ठ (तनहुँं) सर्वसम्मत भएको प्रदेश खेलकुदका सदस्य केशव पाठकले जानकारी दिनुभयो ।

नवनिर्वाचित कार्यसमितिलाई बधाई दिंदै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएकोमा बधाई दिंदै दशौं राष्ट्रिय खेलकुदका लागि जुट्न आग्रह गनुभयो ।

यसै गरी प्रदेश खेलकुदका सदस्य सचिव श्रीधर शर्माले खेलकुद संघहरुलाई शुसासनतर्फ अघि बढाउन परिषदले विगत ६ महिना यता भरमग्दुर प्रयासहरु जारी राखेको बताउँदै खेलसंघहरुमा शुसासनको अवस्था बलियो नवने सम्म खेलकुदको विकासमा बाधा पुग्ने उल्लेख गनुभयो ।

कार्यक्रममा नेपाल बास्केटबल संघका उपाध्यक्ष जुम प्रसाद गुरुङ, कास्की बास्केटबल संघका सल्लाहकार एवं पोखरा महानगरका वरिष्ठ काुनन अधिकृत नारायण प्रसाद शर्माले आफ्ना भनाई राखेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *