पैयुपाटामा पशुस्वास्थ्य तथा बाझोपन निवारण घुम्ती शिविर


आदर्श अनलाइन, बागलुङ
भेटेरिनेरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र बागलुङको आयोजनामा वडा नम्बर १३ पैयुपाटामा पशुस्वास्थ्य तथा बाझोपन निवारण घुम्ती शिविर शुक्रबार सम्पनन गरिएको छ । वडा कार्यालयको समन्वयमा आयोजना गरिएको शिविरमा ३११ जना कृषकका पशु लाभान्वित भएका थिए ।

शिविरमा ६१६ गाइभैसी, एक हजार १३० बाख्रा,१० बंगुर, ११ कुकुर, ६३० कुखुरालाई आन्तरिक तथा बाह्य परजीवी बिरुद्ध, बाझोपन निवारण सम्बन्धी र अन्य जिर्ण रोगको औषधी वितरण गरिएको थियो । साथै शिविरमा रेविज विरुद्ध भ्याक्सिन र परामर्श सेवा निशुल्क प्रदान गरिएको हो ।

पैयुपाटका वडा अध्यक्ष नारायण शर्मा पौडेलको प्रमुख आतिथ्यतामा आयोजना गरिएको शिविरमा बागलुङ नगर कार्यपालिका सदस्य ढाका बहादुर परियार, वडा सदस्य सुरज रिजाल, लेखा अधिकृत देव शर्मा आचार्य, वडा सचिब सुवाश गैरे, पुर्व स्वास्थ्य निर्देशक डा. राम बहादुर केसी, नेपाली कांग्रेसका सभापती चन्द्र बहादुर केसी, नेकपा एमालेका सचिब नर्सिङ बहादुर खत्री, नेकपा माओवादी केन्द्रका अध्यक्ष रेशम बहादुर खत्री, कृषि समितिका अध्यक्ष चुडामणी शर्मा पौडेल, सचिब रुद्र प्रसाद शर्मा लगायत टोल बिकास समितिका अध्यक्ष/सचिब, विभिन्न सहकारीका अध्यक्ष÷प्रबन्धक, महिला संजाल, दलित संजाल, विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रम बिज्ञ केन्द्र प्रमुख डा.ऋषिराम सापकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो ।
शिविरमा पशु प्राविधिक केशवराज शर्मा पौडेल, खगेन्द्र बि.क.,पुर्ण प्रसाद पौडेलले प्राबिधिक सेवा प्रदान गर्नुभयको थियो भने रामजी प्रसाद शर्मा र जीवन शर्माले सहयोगीको भुमिका निर्वाह गर्नुभयको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *