बलात्कृत बालिकाले जन्माइन शिशु


आदर्श अनलाइन, बागलुङ
बलात्कारपछि गर्भवती बनेकी बागलुङको निसीखोला गाउँपालिका–३ की एक १४ वर्षीया बालिकाले छोरीलाई जन्म दिएकी छन् । धौलागिरि अस्पताल भर्ना भएकी उनले शनिबार बिहान ३ बजे छोरीलाई जन्मदिएकी ।

बच्चा महिना नपुगी जन्मेकाले एसएनसियुमा राखेर उपचार भैरहेको धौलागिरि अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. रवि रञ्जन प्रधानले जानकारी दिनुभयो । बालिकालाई सुत्केरी व्यथा लागेपछि हिजो धौलागिरि अस्पतालमा भर्ना गरिएको गाउँपालिकाका उपाध्यक्ष प्रेम बहादुर घर्तीले जानकारी दिनुभयो ।

उपाध्यक्ष घर्तीकै पहलमा बालिकालाई बिहीबार धौलागिरि अस्पतालमा भर्ना गरिएको हो । पीडित बालिकाकी आमाले शुक्रबार जिल्ला प्रहरी कार्यालय बागलुङमा जाहेरी दिएका छन् ।
जाहेरीमा निसीखोला गाउँपालिका–१ का विजय मल्लले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी छन् । गर्भपतन गराउने प्रयास असफल भएपछि शाही फरार भएका थिए ।

जाहेरी दर्ता भएसँगै १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोप लागेका मल्ल फरार भएको र फरार युवकको खोजी र थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।

परिवारले १ डेढ महिना पहिला घटनाबारे थाहा पाएपनि पीडक पक्षकले गाउँमै मिलाउन प्रयास गरेको कारण घटना ढिलो गरि बाहिर आएको कँडेलले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *