एसइई परीक्षा भोलीदेखि शुरु हुँदै, बागलुङमा तयारी पुरा

आदर्श अनलाइन,बागलुङ

भोली बिहिवारदेखि सञ्चालन हुँने माध्यमिक शिक्षा परीक्षा (एसइई)को बागलुङमा सबै तयारी पुरा भएको छ ।

शिक्षा विकास तथा समन्वय इकाई बागलुङले आज बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा एसइईको सबै तयारी पुरा भएको जनाएको छ ।

बागलुङ जिल्लाबाट यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा नियमित र ग्रेड वृद्धि गरी जम्मा पाँच हजार १७८ विद्यार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । आगामी चैत ६ गते अर्थात भोली देखि सञ्चालन हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा जिल्लाका १०५ संस्थागत, ३२ निजी र एक खुला विद्यामन्दिर माध्यामिक विद्यालय गरी १३८ विद्यालका विद्यार्थीहरु सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ बागलुङले जनाएको छ ।

परिक्षमामा छात्रा दूई हजार ६९२ जना र छात्र दूई हजार ४८६ जना परीक्षामा सहभागी हुने जानकारी दिनुभयो । जसमध्ये १२३ जना प्राविधिक धार तथा १८८ जना ग्रेड वृद्धि तर्फका विद्यार्थी सहभागी हुँदै छन् । चैत्र १७ गतेसम्म सञ्चालन हुने यस वर्षको माध्यामिक शिक्षा परीक्षा (एसइई) लाई व्यवस्थित र मर्यादत बनाउनका लागि २१ बुँदे निर्देशिका समेत जारी गरिएको छ । जिल्लाका विभिन्न स्थानमा ३१ वटा परिक्षा केन्द्र निर्धारण गरिएको छ ।

इकाईले ३१ वटा परीक्षा केन्द्रहरुमा उत्तरपुस्तिका र प्रश्न पत्र पु¥याई सकेको छ । विश्वभर महामारीको रुपमा रहेको कोरोना भाईरस कोभिड–१९ को सर्तकताका लागि सबै परिक्ष केन्द्रमा स्वास्थ्य सहायत कक्ष स्थापना समेत गरिने इकाई प्रमुख उपाध्यायले जानकारी दिनुभयो । परीक्षालाई व्यवस्थित र मर्यादित बनाउनका लागि जिल्लाका विभिन्न स्थानमा रहेका ३१ वटा परिक्षा केन्द्रका केन्द्राध्यक्षहरुलाई अभिमुखिकरण तालिम समेत प्रदान गरिएको छ ।

परिक्षमा सामेल हुने पाँच हजार १७८ विद्यार्थी मध्ये दुई जना दृष्टि विहिन तथा २० जना बहिरा विद्यार्थी समेत रहेका छन् । उनिहरुका लागि परिक्षामा आवश्यक पर्ने सबै प्रबन्ध मिलाई सकिएको छ । परिक्षामा चार हजार ३९५ विद्यार्थी सामुदायिक तथा ७८३ संस्थागत विद्यालयका विद्यार्थीहरु सहभागी हुँदै छन् । परिक्षमा आवश्यक ४६५ जना सुरक्षकर्मी खटाई सकिएको छ । ३१ वटा केन्द्रमा ३१ केन्द्राध्यक्ष, ३४ सहायक केन्द्राध्यक्ष, २५९ जना निरिक्षक, ३१ जना सहायक कर्मचारी, १०४ जना कार्यालय सहयोगी परिचालन गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *