निष्क्रिय सहकारी सञ्चालन नगरे खारेज गछौँ : उपप्रमुख खड्का

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले सहकारी संस्था स्थापना गरेर सञ्चालन नगर्ने सञ्चालकहरुलाई संस्था सञ्चालन गर्न आव्हान गर्नु भएको छ । ६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा आइतवार बागलुङमा आयोजित पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा खड्काले यस्तो बताउनु भएको हो ।

जिल्ला सहकारी संघ लिमिटेड बागलुङ, सूचना तथा सञ्चार सहकारी संघ लिमिटेड बागलुङ र बागलुङ नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै उपप्रमुख खड्काले यस्तो बताउनु भएको हो ।

No description available.

नगरपालिकाले सहकारीहरुको यथार्थ अवस्था खोजी गर्ने क्रममा केही सहकारीहरु निष्क्रिय रहेको पाइएको छ, सहकारी स्थापना गर्ने तर सञ्चालन नगर्नेहरुको खोजी भएको छ, हामीले सञ्चालनमा नरहेका सहकारीहरुलाई सञ्चालनका लागि समय दिन्छौ, यदी सञ्चालन गर्न नसक्ने हो भने हामीलाई भन्नुप¥यो, त्यस्ता सहकारीलाई खारेज गरिदिन्छौ ।

सहकारीको संख्या हेर्दा धेरै देखिने, संख्याका आधारमा सहकारीको योगदान कम देखिने अवस्था रहनु हुदैन, जति सहकारी छन्, तिनलाई सक्रिय बनाउने, सहकारीको योगदान बढाउने, सहकारीका सवल पक्षहरुको प्रवद्र्धन गर्ने तथा कमजोरीहरु सुधार गरेर अगाडि बढ्नु पर्छ, उपप्रमुख खड्काले भन्नुभयो ।

No description available.

सहकारी सञ्चालनमा मितव्ययिता पनि अपनाउनु पर्छ, सहकारी सञ्चालनका लागि गगनचुम्बी घर, करोडौको गाडी किन चाहियो, यस्ता प्रवृति भएका केही सहकारीहरुका कारण आज समग्र सहकारीलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छ, सहकारीमा वचत गर्नेहरुको पैसाको सुरक्षा, गरिव विपन्नहरुको आर्थिक सुधारमा योगदान गर्दा मात्रै सहकारीको साख बढ्छ, उपप्रमुख खड्काले भन्नुभयो, सहकारीको आडमा धनाढ्य बन्ने केही व्यक्तिहरुका कारण सम्पूर्ण सहकारीलाई कमजोर बनाउनु हदैन, गल्ती गर्नेलाई कार्वाही र राम्रो गर्नेलाई प्रोत्साहनका लागि नगरपालिकाले योजना बनाएर काम गर्छ ।

No description available.

जिल्ला सहकारी संघ बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु) को अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष नर बहादुर थापा, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना, बागलुङ नगरपालिका वडा नं. १४ का अध्यक्ष तथा नगरपालिकाका प्रवक्ता चक्र बहादुर खत्रीले सहकारीमार्फत गरिवी निवारणमा योगदान बढाउनका लागि सञ्चार क्षेत्रको सकारात्मक सहयोग आवश्यक रहेको बताउनु भएको थियो ।

No description available.

राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले समृद्धिको अभियानमा सहकारी र सञ्चारको भूमिका विषयमा सहजीकरण गर्नु भएको थियो । उहाँले सञ्चारमाध्यमहरुले प्रकाशन प्रशारण गर्ने सञ्चार सामग्रीमा सहकारीका सबल पक्ष र सुधार गर्नु पर्ने पक्षलाई प्राथमिकता दिन आग्रह गर्नु भएको थियो ।

कार्यक्रममा स्वागत बागलुङ नगरपालिकाका सहकारी शाखा प्रमुख प्रेम प्रसाद शर्मा र सञ्चालन सूचना तथा सञ्चार सहकारी संघका कोषाध्यक्ष तारानाथ आचार्यले गर्नु भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *