स्थानीय सरकार र अभियान मिलेर सहकारीलाई प्रवर्द्धन गरौँ : उपप्रमुख निउरे

आदर्श अनलाइन, बागलुङ
गलकोट नगरपालिकाका उपप्रमुख फमलाल निउरेले समाज रुपान्तरणको महत्वपूर्ण पाटोका रुपमा रहेको सहकारी क्षेत्रलाई सवल, सक्षम र प्रभावकारी रुपमा सञ्चालन गर्नका लागि स्थानीय तह र सहकारी अभियानबीचको सहकार्यमा जोड दिनु भएको छ ।

६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा जिल्ला सहकारी संघ लिमिटेड बागलुङ र गलकोट नगरपालिकाको आयोजना एवम् जिल्ला वचत तथा ऋण सहकारी संघ बागलुङको संयोजनमा आइतवार गलकोटमा आयोजित सहकारीको प्रवद्र्धनमा स्थानीय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि निउरेले यस्तो बताउनु भएको हो ।

No description available.

सहकारीले गलत गरेका कुरा धेरै आए, सहकारीमा भएका समस्या धेरै आए, चर्चा परिचर्चा धेरै भए, अब एक पटक स्थानीय सरकार र सहकारी अभियानबीच सहकार्य गरेर सहकारीले समुदायको आर्थिक विकास र सामाजिक रुपान्तरणमा पु¥याएको योगदानको चर्चा गरौ, सहकारीहरुको यथार्थ अवस्था पत्ता लगाऔ र समस्या भए समाधान खोजौ, असल अभ्यासहरुलाई थप प्रोत्साहन गरौ, उपप्रमुख निउरेले भन्नुभयो ।

समस्या नआउने कुन क्षेत्र छ, जुनसुकै क्षेत्रमा समस्या आएका छन्, समस्या ल्याउनेहरु समाजमा दण्डित पनि भएका छन्, सहकारीमा पनि गलत गर्नेहरुको खोजी गरौ र कार्वाही गरौ, गलत गर्नेहरुका कारण आम सहकारी क्षेत्रलाई नै समस्यामा पार्ने काम बन्द गरौ, उपप्रमुख निउरेले भन्नुभयो,–‘सहकारी समाज रुपान्तरणको अति उत्तम उपाय हो, यसमा समस्या छन्, समाधान खोजौ र प्रवद्र्धनका लागि स्थानीय सरकार र सहकारी अभियानबीच सहकार्य गरौ ।’

No description available.

गलकोट नगरपालिका, ताराखोला गाउँपालिका, बडिगाड गाउँपालिकाका सहकारीकर्मीहरुको सहभागिता रहेको कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीको प्रवद्र्धनमा स्थानीय तहको भुमिका विषयमा सहजीकरण गर्नु भएको थियो । स्थानीय जनताको आर्थिक विकासमा सहकारीको भूमिका प्रभावकारी रहेको छ, सहकारीमा समस्या आउदा वित्तीय क्षेत्रमै समस्या देखिएको छ, सहकारीलाई सुशासनयुक्त बनाउन, नीतिगत रुपमा सञ्चालन गर्न राज्य र अभियानबीचको सहकार्य आवश्यक रहेको जिसीले बताउनुभयो ।

कार्यक्रममा गलकोट नगरपालिका वडा नम्वर ३ का वडा अध्यक्ष फम बहादुर खत्री, वडा नम्वर ११ का वडा अध्यक्ष डम्मर बहादुर श्रीस, जिल्ला बचत संघका उपाध्यक्ष गणेश बहादुर खत्री, गलकोट नगरपालिका सहकारी शाखा प्रमुख हरीदत्त सुवेदी, गलकोट सहकारी सञ्जालका अध्यक्ष विरेन्द्र श्रेष्ठले सहकारी क्षेत्रमा देखिएको समस्या समाधानसंगै सहकारीमार्फत गर्न सकिने व्यवसायिक कार्यहरुका बारेमा चर्चा गर्नु भएको थियो ।

कार्यक्रम जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी. (अञ्जु) को अध्यक्षता, सचिव तेज प्रसाद शर्माको सञ्चालन र संघका सञ्चालक शिवा कुमारी खत्रीको स्वागतमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *