लोकमार्गमा अटोरिक्सा दुर्घटना, पाँच जना घाइते


आदर्श अनलाइन, बागलुङ
मध्यपहाडी लोकमार्गमा अटोरिक्सा दुर्घटनामा परेको छ । सोमबार बागलुङ बजारदेखि खहरेतर्फ जादै गरेको अटोरिक्सा रात्माटा नजिकै दुर्घटना हुँदा पाँचजना घाइते भएका छन् ।

ध १ ह ७५ नम्बरको अटो रिक्सा दुर्घटना हुँदा पाँच जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक दिपकबाबु केसीले जानकारी दिनुभयो । घाइते एक जनाको अवस्था चिन्ताजनक रहेको छ ।

दुर्घटनामा बागलुङ नगरपालिका–३ की ४५ वर्षीया रेवती किसान, २४ बर्षीया सम्झना किसान, ५ बर्षीया साँची किसान, ६८ बर्षीय रोहिणीदत्त शर्मा र कास्की माझी गाउँपालिका–१२ का ४८ बर्षीय शन्त बहादुर परियार घाईते भएको केसीले बताउनुभयो ।

एकजना गम्भिर घाइते ६८ बर्षीय रोहिणीदत्त शर्मालाई पोखरा पठाइएको छ । अटो रिक्साका चालक सम्पर्क विहिन हुनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *