आदर्श सञ्चारद्वारा श्रद्धाञ्जली सभा तथा राहत रकम हस्तान्तरण

आदर्श अनलाइन,बागलुङ

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यका अभिभावकको निधनप्रति दुख व्यक्त गर्दै श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।

शेयर सदस्य विजय श्रेष्ठकी आमाको निधनप्रति दुख व्यक्त गर्दै बिहीबार श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । बागलुङ नगरपालिका–२ मरेपिपल निवासी गंगादेवी श्रेष्ठको ७९ वर्षको उमेरमा फागुन २७ गते निधन भएको थियो ।

श्रेष्ठको निधन भएको दशौं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले मृतकको निवास मरेपिपलमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि स्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु), सञ्चालकहरु गिता खड्का, कमल लामिछाने, खीमबहादुर केसी, अम्बिका जि.सी.को सहभागितामा संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्वर्गीय श्रेष्ठकी छोरी सावित्रा कर्माचार्यलाई हस्तान्तरण गर्नु भएको थियो ।

यस्तै, शेयर सदस्य पम्फा किसानकी सासुआमाको निधनप्रति दुख व्यक्त गर्दै बिहीबार नै श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । बागलुङ नगरपालिका–३ चिप्लेटी निवासी चमेली सार्कीको ८२ वर्षको उमेरमा फागुन २७ गते निधन भएको थियो ।

सार्कीको निधन भएको दशौं दिनको पुण्य तिथि पारेर आदर्र्श सञ्चार सहकारीले मृतकको निवास मरेपिपलमा श्रद्धाञ्जली सभा सम्पन्न गरेको हो । संस्थाले शेयर सदस्य तथा सदस्यका परिवारको निधनमा प्रदान गरिने मृत्यु राहत रकम पनि स्तान्तरण गरेको छ ।

संस्थाका अध्यक्ष हुमाकुमारी जि.सी.(अञ्जु) सञ्चाल गिता खड्का, अम्बिका जिसी, खिम बहादुर के.सी र कमल लामिछानेहरुको सहभागितामा संस्थाको नियम अनुसार शेयर सदस्यका आफन्तको निधनमा प्रदान गरिने ५ हजार रुपैया स्वर्गीय सार्कीकी नातीनी सावित्रि किसानलार्ई हस्तान्तरण गर्नु भएको थियो ।

साविक धौलागिरि अञ्चलकै पहिलो सञ्चार सहकारीको रुपमा स्थापित आदर्श सञ्चार सहकारी संस्थाले सञ्चालन गरेको सदस्य राहत खाताबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रुपैया रकम प्रदान गर्दै आएको छ ।

सूचना र सञ्चार अन्तर्गत धौलागिरि जागरण दैनिक र अग्रसर साप्ताहिक पत्रिका प्रकाशन, धौलागिरि टेलिभिजनमा सहकार्य गर्दै आएको संस्थाले गत २०७६ भदौ २१ गतेदेखि आदर्शसञ्चार अनलाइन सञ्चालन गर्दै आइरहेको छ । आदर्श सञ्चार सहकारीले वित्तीय, सञ्चार र सहकारी सम्बन्धी विभिन्न कार्यक्रमका साथै जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । संस्थामा १ हजार ८ सय जना शेयर सदस्य, ४ करोड शेयर रकम, २१ करोड निक्षेप, २२ करोड कर्जा लगानी रहेको संस्थाका कोषाध्यक्ष पूर्ण बहादुर कार्कीले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *