सफल सहकारीको मुटुमा सुशासन हुन्छ : महासंघ अध्यक्ष ओमदेवी

आदर्श अनलाइन, बागलुङ
राष्ट्रिय सहकारी महासंघ नेपालका अध्यक्ष ओमदेवी मल्लले सहकारीको सफलताका लागि पहिलो सर्त सुशासन भएकाले सहकारीहरुलाई सुशासनयुक्त बनाउन देशभरका सहकारीकमीहरुलाई आव्हान गर्नु भएको छ ।

६७ औं राष्ट्रिय सहकारी दिवसका अवसरमा दिनु भएको शुभकामना सन्देशमार्फत मल्लले सफल सहकारीको मुटुमा सुशासन हुने भएकाले सुशासन कायम गरेर सहकारी सञ्चालन गर्न आव्हान गर्नु भएको हो ।

विश्वास, पारदर्शिता र जवाफदेहिता निर्माण गरी सदस्यहरुबीच सहकार्य गरेर अगाडि बढ्दा मात्रै सहकारीले सफलता पाउने भएकाले सबै सहकारीहरुलाई सहकारीको मर्म, भावना र उद्देश्य अनुसार अगाडि बढ्न उहाँले आग्रह गर्नु भएको छ ।

सहकारी दिवसका अवसरमा सहकारी संघ संस्थालाई आफ्ना कार्य र निर्णयहरुमा निष्ठा, निष्पक्षता र नैतिक आचरणको उच्चतम स्तरहरु कायम राख्न म हार्दिक आव्हान गर्दछु, महासंघका अध्यक्ष मल्ले भन्नुभएको छ,–‘प्रविधिको प्रयोग गरेर दक्षता बढाउन, सेवा प्रवाहमा सुधार गर्न र सहज रुपमा सदस्यसंग जोडिन सक्दा मात्रै सहकारीले सफलता पाउन सक्ने भएकाले सदस्यको हितलाई ध्यानमा राखेर संस्थाहरुलाई अगाडि बढाउनु पर्छ ।’

सहकारीले बनाउने भावी कार्यक्रमहरु र नीतिहरुमा यस वर्षका लागि तय भएको सहकारीमा सुशासन ः प्रविधि र एकीकरण भन्ने थिमको मर्मलाई प्रतिबिम्बित गर्दै सहयोग, ऐक्यवद्धता र पारस्परिक सहयोगको आदर्श अपनाउन पनि महासंघ अध्यक्ष मल्लले आव्हान गर्नु भएको छ । सबै मिलेर जीवन्त र लचिलो सहकारी क्षेत्र निर्माणमा जुटौ भन्दै मल्लले भन्नु भएको छ,–‘सहकारीको आदर्शलाई पालना गरेर अगाडि बढ्न सक्यौ भने मात्रै सदस्यहरुको आवश्यकता पुरा गर्दै नेपालको आर्थिक, सामाजिक रुपान्तरणमा योगदान गर्न सकिन्छ ।’

नेपालमा सहकारीको शुरुवात भएको दिन चैत २० गतेलाई राष्ट्रिय सहकारी दिवसका रुपमा मनाउने गरिएको छ । यस वर्ष सहकारीमा सुशासन ः प्रविधि र सुशासन भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस देशभर मनाइदैछ । नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह र सहकार्य अभियानबीच सहकार्य गरेर तथा संघ संस्थाहरुले आ–आफ्नै तरिकाले रचनात्मक, सिर्जनात्मक र सन्देशमुलक कार्यक्रम गरी सहकारी दिवस मनाउदैछन् ।

पछिल्लो समयमा कतिपय सहकारीहरुले सदस्यहरुको वचत फिर्ता गर्न नसकेका कारण सिर्जित समस्याका कारण आम सहकारी क्षेत्र नै धरमराएको अवस्थामा मनाउन लागिएको सहकारी दिवसले फेरी एक पटक आम देशवासीमा सबै सहकारी खराव होइनन्, सबै सहकारीका सञ्चालकहरुले बद्मासी गरेका छैनन्, सबै सहकारीको पूँजि सिमित व्यक्तिको सम्पत्ती आर्जनमा प्रयोग भएको छैन, सहकारीहरुले सदस्यसंग कारोबार गरेका छन् भन्ने सन्देश दिनुका साथै विश्वासको वातावरण बनाउने अपेक्षा गरिएको महासंघका अध्यक्ष मल्लले बताउनुभयो ।

यतिबेला सहकारीको ऋण असुली भएन भनेर देशभरका सहकारीकर्मीहरुले हामीलाई जानकारी गराइरहनु भएको छ, सहकारीको ऋण तिर्न पर्दैन भन्ने खालका प्रचारहरु भएका कारण नियमित ऋण भुक्तान गरिरहेका सदस्यहरुले पनि किस्ता नतिरेका सूचनाहरु पाइरहेका छौ, सहकारीको ऋण भनेको सदस्यहरुकै बचतको रकम भएकाले सबै ऋणी सदस्यहरुलाई ऋण तिर्न पर्दैन भन्ने भ्रम नराख्न तथा आफुले तिर्न बुझाउन पर्ने ऋणको नियमित सावा ब्याज भुक्तान गर्न पनि अध्यक्ष मल्लले आग्रह गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *