निसीखोला गाउँपालिकामा मनाइयो सहकारी दिवस

आदर्श अनलाइन, बागलुङ
निसीखोला गाउँपालिका र पालिका भित्रका सञ्चालनमा रहेका सहकारीहरु मिलेर गाउँपालिकामा ६७ औं राष्ट्रिय सहकारी दिवस मनाएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार चन्दले पालिकामा जनशक्तिको अभावका कारण सहकारीलाई व्यवस्थित गराउन नसकिएको बताउनुभयो ।

सहकारीहरुले पनि आफ्ना लागि शिक्षा तालिमका लागि माग गरेनन्, हामीले पनि अलि ध्यान दिन सकेका थिएनौ, जिल्ला सहकारी संघ र स्थानीय तहमा रहेका सहकारीहरुले पनि सहकार्यका लागि आव्हान गरेकाले अब छिटै कर्मचारीको व्यवस्था गरेर पालिकाका भित्रका सहकारीको संस्थागत विकास र सहकारीकर्मीहरुको क्षमता विकासका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।
सहकारी समुदायको आर्थिक विकासको महत्वपूर्ण पाटो हो, पैसाको मात्र कुरा होइन, समाजमा आपसी सम्बन्ध बढाउन, कुसंस्कार र कुरीतिहरुलाई हटाउनका लागि सहकारीहरुले धेरै प्रभावकारी काम गर्दै आएकाले आगामी दिनमा पालिका र सहकारीहरुबीच सहकार्य गरेर अगाडि बढ्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा निसीखोला सहकारी सञ्जालका सल्लाहकार संयोजक भविन्द्र बहादुर कुँवर, देवि दोभान बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष लिला कुमारी राम्जाली, देविस्थान बहुउद्देश्यीय सहकारी संस्थाका सचिव उमलाल खत्री लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।
निसीखोला सहकारी सञ्जालका अध्यक्ष तेजिन्द्र कुमार शर्माको अध्यक्षता, देवि दोभान बचत तथा ऋण सहकारी संस्थाका प्रवन्धक हुम कुमारी गुरुङको स्वागत र त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाका निसी सेवा केन्द्रका प्रवन्धक भूमिराज आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *