कोरोनाः भय, भ्रम र सचेतता

सम्पादकीय
कोरोना भाइरस आतंकले विश्व जगत ग्रसित छ । विश्वका हर मानिस आजको दिनमा कुनै रोगका कारण यति धेरै तनावग्रस्त छ भने त्यो कोरोना भाइरसका कारणले छ । किन यस्तो भयावह बनिरहेको छ ? यसको कसैले बैज्ञानिक र प्रष्ट जवाफ दिन सकिरहेको छैन । विश्वभर दैनिक सयौंको संख्यामा मानिसहरु मरिराखेका छन् । चाहे चिन जस्तो अर्थतन्त्र र विकासमा उदियमान राष्ट्र होस् या अमेरिका जस्तो समृद्ध देश होस् । कसैको बसमा कोरोना छैन । कोरोनाले विश्व समुदायलाई आक्रान्त बनाएको छ । उकुस मुुकुस बनाएको छ । आजको यो भयावहले भोली कुन रुप लिने भन्ने अनिश्चयको भुमरीमा छ । त्यसको मानविय क्षतिका हिसावले अहिले सम्म जोगिरहे पनि नेपाल भयग्रस्त अवस्थामा छ । यदी कोरोना संक्रमण देखियो र त्यसले ज्यान लिन थाल्यो भने कति चुनौतिपूर्ण दिन नेपालीका शुरु होलान् ? यस्तो खराब कल्पना त नगरौ, तर यो हामी सबैका लागि अपरिहार्य सोचनीय बिषय बनिरहेको छ ।

आजको दिन सम्म २ लाख २७ हजार ७ सय ६१ मानिस कोरोनाबाट संक्रमति छन् । ८५ हजार ९ सय ८५ जना मानिस कोरोनाबाट संक्रमित भएर पनि उपचार पश्चात नयाँ जीवन प्राप्त गरेका छन् । बिभिन्न देशमा ९ हजार ३ सय ४ जना मानिसले ज्यान गुमाइसकेका छन् । सबै भन्दा बढि इटालीमा कोरोनाको महामारी फैलिएको छ । जहाँ एकै दिन २ सय भन्दा बढि मानिसहरु मरिरहेका छन् । अस्पतालमा उपचारका लागि ठाउँ छैन । त्यहाँको बिद्रुप समाचार,कथा र दृश्यले साँच्चिकै कोरोनाको खतरानक प्रभाव र असरलाई देखाएको छ । एकै श्रीमान र श्रीमतिका बीचमा पनि प्रत्यक्ष भेटघाट र संवाद छैन । एकै परिवारका सदस्यहरु बीच कोरोनाले संक्रमित भए पछि साक्षात्कार छैन । त्यहाँको सरकार र सुरक्षाकर्मीले आफ्नो परिवारको सदस्य जीवन मरणको सवाल सहित छटपटिरहँदा पनि स्पर्श गर्ने, रेखदेख गर्ने अवसर छैन । एउटा मानव जाति र समुदायका लागि यो भन्दा दुखद, कहाली लाग्दो भोगाई र परिदृश्य के हुन सक्ला ? मनहरु त्यसै उद्धेलित भएका छन् ।

अब नेपालमा कोरोना खोई ? कोरोनाको भयावह जोखिम, हल्ला र चर्चासँगै पूर्ववत सजगता तयारी खोई ? यस्ता अनेक प्रश्न हामी माझमा उभिएका छन् । यसबेलामा कोरोना नेपालमा नदेखिनु सुखद बिषय हो । हामी यसमानेमा भाग्यमानी सावित भएका छौ । तर,अब सरकारले केही कडाई र सजगताको कदम चालेको छ । यो कुन समय, परिवेश र कसले ग¥यो भन्ने बहसमा नबहकिऊ । बहस र चिन्तन आफु र आफ्नो परिवार समाज र देशका नागरिकहरुलाई कोरोनाबाट जोगिने र जोगाउनेमा केन्द्रित गरौ । अति आवश्यक नपरी अस्पताल नजाऔ । भीडभाड नगरौ । अनावश्यक अफवाह नफैलाऔं । कोरोनाबाट आफु बचौँ र अरुलाई पनि बचाऔँ । कोरोनाबाट आंतकित होइन, फेरी पनि संयमित बनौ । यस्तो खतरानक भाइरससँग कदापी खेलवाड नगरौ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *