म्याग्दी दग्नाममा दुर्घटना,गम्भिर घाइतेलाई हेलीबाट पोखरा लगियो

आदर्श अनलाइन, बेनी

म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको कान्छी गाउँबाट बेनी बजार तर्फ आउदै गरेको जीप दुर्घटना भएको छ ।

ग २ च ५९८८ नम्बरको जीप दुर्घटनामा ८ जना घाइते भएका छन् । जस मध्ये दुई जनाको अवस्था गम्भिर रहेको छ । गम्भिर घाइते मिञ्जा पुन र हसमाया पुनलाई तत्काल हेलिकप्टर मार्फत थप उपचारका लागि पोखरा पठाइएके छ ।

अन्य घाइतेहरु सामिल गर्वुजा, युवी गर्वुजा, मनबहादुर तिलिजा, देवी गर्वुजाको बेनी अस्पतालमा प्राथमिक उपचार भइरहेको छ । जीप सडकबाट करिब २५ मिटर तल खसेको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *