विद्यार्थी बढाउन बागलुङका सामुदायिक विद्यालयको घरदैलो अभियान

आदर्श अनलाइन, बागलुङ
पछिल्लो समय बागलुङका सामुदायिक विद्यालयको विद्यार्थीको संख्या ओरालो लाग्दै आएको छ । जनसंख्याको ऋणात्मक वृद्धि, संस्थागत विद्यालय प्रति विद्यार्थीको आकर्षण बढ्न थालेपछि सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या बढाउन चुनौतीपूर्ण देखिएको छ ।

ओरालो लागिरहेको विद्यार्थी संख्या बढाउन र सामुदायिक प्रतिको अभिभावकमा रहेको भ्रम चिर्नका लागि यहाँका केही सामुदायिक विद्यालयहरुले नयाँ शैक्षिक सुरु हुनुअगावै घरदैलो अभियान चलाइरहेका छन् । बागलुङका केही सामुदायिक विद्यालयहरुले विद्यार्थी संख्या बढाउन भर्ना गर्न घरदैलो अभियान चलाइरहेको पाइएको छ ।

मजदुर, विपन्न र माझी समुदायका विद्यार्थीले अध्ययन गर्दै आएको बागलुङ नगरपालिका–१ रामरेखा आधारभूत विद्यालयले एक हप्ता देखि घरदैलो अभियान चलाइरहेको छ । यस्तै बागलुङकै जेठो विद्यालय रहेको विद्यामन्दिर माध्यामिक विद्यालयले पहिलो चरणमा घरदैला अभियान चलाइसकेको छ भने सिगाना माध्यामिक विद्यालय लामिचौरले अहिले विद्यार्थी आर्कर्षित गर्न गाउँ–गाउँमा घदैलो अभियान चलाइरहेको छ ।

सामुदायिक विद्यालयले अगालेको गुणस्तरीय शिक्षाको विषयमा अभिभावकहरु जानकार नहुँदा सामुदायिक विद्यालयप्रतिको विस्वास घटेकाले घरदैलो अभियान चलाइरहेको रामरेखा आधारभूत विद्यालका शिक्षक विष्णुराज पौडेलले जानकारी दिनुभयो । उहाँले बागलुङ बजार क्षेत्रमै रहेको सामुदायिक विद्यालय ओझेलमा परेको भन्दै गुणस्तर वृद्धि संगै विद्यार्थी बढाउने अभियान एक हप्तादेखि चलाइरहेको बताउनुभयो ।

“१४ जना अपाङ्गता विद्यार्थी सहित ११७ जना विद्यार्थी हाम्रो विद्यालयमा छन्, जसमध्ये मजदुर, विपन्न र अल्पसंख्यक तथा सिमान्तकृत समुदायका विद्यार्थीहरु अध्ययन गर्ने विद्यालयमा अन्य विद्यार्थी आर्कषित गर्न र सामुदायिक विद्यालयको विद्यालयप्रतिको गुनासो सुन्न घरदैलो अभियानमा छौं” शिक्षक पौडेलले भन्नुभयो “घरदौलो अभियानपछि २०० विद्यार्थी पु¥याउने लक्ष्य छ, विद्यालयले स्कुल भ्यान खरिद गर्न थालेकाले मालढुङ्गाका विद्यार्थीहरुलाई ल्याउन सहज हुनेछ ।”

शिक्षक पौडेलले बजार क्षेत्रमा सामुदायिक विद्यालय र संस्थागत विद्यालयप्रतिको अभिभावको धारणा चिर्नका लागि घरदौलो अभियान प्रभावकारी बनेको बताउनुभयो । मालढुङ्गाका सिमान्तकृत माझी समुदाय र मजदुरका छोराछोरीहरु विद्यालय टाढा हुँदा यातयातको सुविधाका लागि संस्थागत विद्यालयमा भर्ना गर्नुपर्ने बाध्यता रहेको स्थानीय गणेश माझीले बताउनुभयो । उहाँले मालढुङ्गा देखि बागलुङ सदरमुकाम पुग्ने सवारीसाधन भएमा सामुदायिक विद्यालयमा विद्यार्थी आर्कर्षित हुँने बताउनुभयो ।

रामरेखा आधाभूत विद्यालयले अंग्रेजी माध्यमबाट पाढाउने, स्कूल भ्यान खरिद गर्ने जस्ता योजना लिएर घर घरमा पुगेको हो । यस्तै बागलुङ नगरपालिका–८ स्थित सिगाना माध्यामिक विद्यालय लामिचौरले सामुदायिक विद्यालयमा विद्यार्थी आर्कषण गर्न घरदैलो अभियानलाई गाउँ–गाउँ पु¥याएको छ । पछिल्लो समय भौतिक पूर्वाधारका कारण मुहार फेरेको विद्यालयले विद्यार्थीको संख्या र गुणस्तर दुबै बढाउनका लागि घरदैलो अभियानलाई तिब्रता दिएको शिक्षक अभिभावक संघका अध्यक्ष गोविन्द प्रसाद गौतमले बताउनुभयो । उहाँले विद्यालयमा सुविधा सम्पन्न कक्षा कोठा, डिजिटल बोर्डबाट अध्ययन अध्यापन, ल्याव, कम्प्युटर शिक्षा र चिल्ड्रेन पार्क जस्ता सुविधाहरु थप गरेर अभिभावककहाँ पुगेको बताउनुभयो ।

सामुदायिक विद्यालय संस्थागत भन्दा अब्बल बन्न सक्ने भन्दै अभिभावहरुलाई सामुदायिक विद्यालयप्रतिको शंकालाई चिर्न घर–घरमा पुगेर विद्यालयले प्रदान गरेको सेवा तथा सुविधालाई जानकारी गराइरहेको बताउनुभयो । “सामुदायिक विद्यालयमा गुणस्तर बढाउन सकेमा विद्यार्थीको अभाव हुँदैन, संस्थागत छोडेर सामुदायिक विद्यालयमा विद्यार्थी आउने बातावरण हामीले बनाइसकेका छौ” गौतमले भन्नुभयो “अहिले १३५ जना विद्यार्थी रहेको सिगाना माध्यामिक विद्यालयमा विद्यार्थी संख्या बढाउनका लागि विद्यालयको क्षेत्र सिगाना र रेशमा घरदैलो अभियानलाई जारी राखिएको छ ।”

यस्तै बागलुङको पुरानो सामुदायिक विद्यालय विद्यामन्दिर माध्यामिक विद्यालयमा विद्यार्थीको खाँचो नभएपनि सामुदायि विद्यालय प्रति अभिभावकलाई सचेत बनाउन घरदैलो अभिया चलाइरहेको छ । विद्यामन्दिर माध्यामिक विद्यालयमा अहिले एक हजार ३९९ विद्यार्थी रहेपनि विद्यार्थी थप आर्कषण गर्नका लागि घरदैलो अभियान चलाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बाबुलाल शाक्यले जानकारी दिनुभयो ।

“जिल्लामै धेरै विद्यार्थी हुने विद्यालयमा हाम्रो सामुदायिक विद्यालय पर्दछ, तर सामुदायिक विद्यालय संस्थागत भन्दा अब्बल छ भन्ने शन्देश दिन घरदैलो अभियानमा छौं” शाक्यले भन्नुभयो “बाँकी अभियान भर्ना खुलेपछि चलाउछौं, गुणस्तरीय शिक्षा दिन सके संस्थागत छोडेर सामुदायिक विद्यालयमा विद्यार्थी ल्याउन सकिन्छ भन्ने उदाहरण हाम्रै विद्यालय हो, अझै शैक्षिक गुणस्तरका लागि हामी लागिरहेका छौं ।”

बागलुङका अन्य सामुदायिक विद्यालयले विद्यार्थीहरुका लागि विभिन्न नयाँ योजना लगेर सामुदायिक विद्यालयमा विद्यार्थीहरु आकर्षित गर्नका लागि अभिभावकको घरदैलोमा पुग्न थालेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *