सडकले जोडिन थाले विकट बस्ती

डम्मर बुढा मगर, बागलुङ
स्थानीय तह स्थापन हुनु पूर्व बागलुङका धेरै बस्तीमा सडक पुगेका थिएनन् । केही बजारी क्षेत्रमा कच्ची सडकको पहुँच पुगे पनि ग्रामीण क्षेत्रमा यातायतको सुविधा थिएन । जब स्थानीय तह आए त्यसपछि पहिलो प्राथमिकतामा सडक प¥यो । यहाँका १० वटै पालिकाले दूर दराजका बस्तीसम्म सडक पु¥याएपछि अहिले केही विकट बस्तीमा बाहेक धेरै ठाउँमा गाडी गुड्छन् । दैनिक घरै अगाडि गाडी गुड्न थालेपछि बुढापाकाहरु पनि दंग परेका छन् । जिल्लाको सबैभन्दा विकट मानिने निसीखोला, तमानखोला, ढोरपाटन, ताराखोला लगायतका क्षेत्रमा कच्ची मात्रै होइन पक्की सडक पनि धमाधम निर्माण भइ रहेका छन् । जसले स्थानीयको जीवनस्तरनै बदलिन थालेको छ ।

ढोरपाटन नगरपालिका–६ पुरानो गाउँमा चालु आर्थिक वर्षमा पहिलो पटक मोटरबाटो पुग्यो । यसभन्दा अगाडि बजारबाट सामान ढुवानी गर्न घोडा खच्चडकै भर पर्नु पर्ने स्थानीयको बाध्यता हट्यो । निकै विकट मानिने पुरानो गाउँमा ढोरपाटन नगरपालिकाले यस वर्ष करिब २० लाख लागतमा सडक निर्माण गरेको हो । करिब एक घण्टाको दुरीमा रहेका गाडीखोला र मोराङ गाउँमा वर्षौँ पहिले सडक पुगे पनि पुरानो गाउँमा पुग्न सकेको थियो । गाउँमा सडक पुगेपछि हिजाआज दैनिक गाडी गुड्न थालेका छन् । गाउँमा सडक पुग्नुभन्दा पहिले यहाँका हजारौँ नागरिकले बजारबाट सामान ढुवानी गर्दा साह्रै समस्या खेप्ने गरेको भन्दै गाउँमा कोही बिरामी पर्दा बोकेरै अस्पताल पु¥याउनु स्थित थियो ।

मोटरबाटोले स्थानीयको वर्षौदेखिको समस्या समाधान गर्ने स्थानीय कुलबहादुर बढा मगरले बताउनुद्धयो । गाउँमा अधिकांश स्थानय कृषि र पशुपालनमा आवद्ध रहेको हुँदा अब यहाँ उत्पादन भएका वस्तु बजारसम्म पु¥याउन र बजारबाट सामान ल्याउन सहज हुने बुढा मगरको भनाइ छ । अब दोकानबाट सामान ल्याउन मान्छेले बोक्नु नपर्ने उहाँ बताउनुहुन्छ । यसभन्दा अगाडि छिमेकी गाउँमा सडक आएको सुनाउँदै यस वर्ष बल्ल सरकारले यस क्षेत्रका नागरिकको समस्या बुझेर सडक पु¥याई दिएको बुढा मगरको भनाइ छ ।

उहाँले भन्नुभयो – “यो गाउँमा धेरै पहिलेनै सडक आउनु पर्ने हो तर विकटताका कारण अहिलेसम्म जोडिन सकेको थिएन, गाउँलेहरुले धेरै पटक सरकारलाई आग्रह गरेका थियो, यसपाली बल्ल आयो, धेरै खुसी लागेको छ, हामी वन जंगलमा घाँस दाउरा गर्ने, पशु पाल्ने र खेती किसानी गर्नेहरुलाई बजार जाँदा आउँदा गाडीको सुविधा हुने भयो, पहिला सबै सामानहरु बोकेर ल्याउँथ्यौँ, बजारमा पुग्न ३÷४ घण्टा लाग्थ्यो अब त छिट्टै पुग्न सकिने भयो ।”

ताराखोला गाउँपालिका–५ मदमडाँडामा तीन वर्ष भयो । सडक पुगेपछि अहिले स्थानीयले घरमै दैनिक उपभोग्य सामग्री किनमेल गर्न सक्छन् । जिल्लाको विकट गाउँ मानिने मदमडाँडामा लामो समयसम्म सडक नपुग्दा स्थानीयको दैनिकीनै बदलिएको छ । म्याग्दीको सिमानासँग जोडिएको यो ठाउँ पर्यटकीय हिसाबले निकै महत्वपूर्ण मानिन्छ । स्थानीय सरकार आउनु पूर्व मदमडाँडासँगै ताराखोला गाउँपालिकाले धेरै गाउँमा सडक पुगेका थिएनन् । गाउँपालिकाले अहिले गाउँसँगै अधिकांश बस्तीमा समेत सडक पु¥याएको छ । बस्तीमै सडक पुगेपछि स्थानीय खुसी भएको छन् ।

गाउँमा सडक आएपछि गाउँलेहरुले जीवनशैलीनै बदलिएको स्थानीय प्रेमबहादुर घर्तीले बताउनुभयो । बजारभन्दा गाउँ निकै टाडा हुँदा यहाँका सयौँ नागरिकले घण्टौँ लगाएर नुन तेल जोहो गर्नु परेको घर्तीले स्मरण गर्दै अहिले घर–घरमा दोकान खुलेको उहाँ बताउनुहुन्छ । ताराखोला गाउँपालिका आलु र भाँगो उत्पादनमा उर्वर मानिन्छ । गाउँ बस्तीहरु सडक सञ्जालले जोडिएपछि यहाँ उत्पादन भएका कृषि उपज वस्तुहरु बजारीकरणमा सहज भएको उहाँको भनाइ छ । सडकले गाउँहरु नजोडिँदाका बखत कृषकले उत्पादन गरेका आलु, सिमी र भाँगो खेर जाने गरेको घर्ती बताउनुहुन्छ ।

“यो गाउँभन्दा तल फेँदी छ, त्यहाँ त १० वर्ष अगाडि सडक आएको थियो, यहाँबाट फेँदी पुगेर सामानहरु ल्याउने गथ्यौँ, त्यसभन्दा पहिला त बागलुङ बजार हटिया बजार जानु पथ्र्यो, त्यहाँ जान एक दिननै लाग्ने गथ्र्यो, अहिले त सामान घरमै आउँछ, गाडीहरु पनि गाउँमै आउँछन्, उतिबेला त महिनौँका लागि सामान बजार गएको बेला एकै पटक ल्याउनु पथ्र्यो, अहिले त्यो समस्या छैन” उहाँले भन्नुभयो – “सडकले गाउँ मात्रै जोडेको छैन, यसले त गाउँलेलाई आम्दानीसँग जोडेको छ, ताराखोलामा धेरै जसो कृषकको बसोबास छ, उनीहरुले धेरै थरीका खाद्यन्न उत्पादन गर्दै आएका छन्, अहिले पहिलेको जस्तो विक्री नहोला भन्ने चिन्ता हुँदैन ।”

पछिल्लो समय बागलुङको १० वटा पालिकाका ८५ वटै वडा र बस्तीसम्म सडक पुगेका छन् । कतै अहिलेसम्म नयाँ ट्रयाक खुलाउने चरणमा छन् भने कतै स्तरोन्नती हुन थालेका छन् । विकट पालिकाहरु मध्ये तमानखोला गाउँपालिका पनि एक हो । तमानखोला गाउँपालिकाले ६ वटै वडाको बस्ती–बस्तीसम्म सडक पु¥याएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढा मगरले बताउनुभयो । उहाँले अघिल्लो कार्यकालदेखि नै सबै बस्तीमा सडक पु¥याउनका लागि ठूलो लगानी गर्दै आएको बताउनुभयो । अहिले सडक नपुगेको बस्तीनै नभएको अध्यक्ष बुढा मगर बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ – “एकदेखि अर्को गाउँ पुग्न अग्ला–अग्ला पहाड छिचोल्नु पर्छ, खोलानाला पार गर्नु पर्छ, यद्यपी गाउँपालिकाले नागरिकको सहजताका लागि सडकले जसरी पनि जोड्नु पर्छ भन्ने हिसाबले लगानी गर्दै आयौँ, सडकले नजोडिएको गाउँ छैन, बर्खाको समयमा यातायात संचालन हुन अलि समस्या हुन्छ, किन भने धेरै खोलाहरु छन्, ति खोलाहरुमा पुल बन्न सकेका छैनन्, तर हिउँदमा कुनै समस्या छैन, सडकले नागरिकको दैनिकीसमेत बदलिएको छ ।”

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *