एमाले बागलुङको अधिवेशन तयारी अन्तिम चरणमा : उपाध्यक्ष पौडेलद्वारा उद्घाटन हुने


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङको १० औँ जिल्ला अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

अधिवेशका लागि तोकिएका उपसमितिहरुले आ–आफ्नो कार्यलाई तिब्रता दिएका छन् । यस्तै प्रतिनिधि छनौटको काम समेत सकिएको छ ।

चैत २९ गते १० औ जिल्ला अधिवेशन उद्घाटन गर्न नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल आउनु हुने कार्यक्रम तय भएको एमाले बागलुङले जनाएको छ ।

चैत २९ र ३० गते जिल्ला सदरमुकाम बागलुङ बजारमा हुने अधिवेशनको उद्घाटन गर्न यस अघि एमाले अध्यक्ष केपी ओली आउने बताईएको थियो ।

जिल्ला अध्यक्ष हिरा केसी सहितको टोलीले अध्यक्ष ओलीलाई निमन्त्रणा गरेर फर्किए पछि पत्रकार सम्मेलनमा जिल्ला अधिवेशन अध्यक्ष ओलीद्वारा उद्घाटन गरिने बताईएको थियो ।

तर, केन्द्रबाट बागलुङ जिल्ला अधिवेशन उद्घाटन गर्न उपाध्यक्ष विष्णु पौडेल आउने गरि परिपत्र प्राप्त भएको जिल्ला अध्यक्ष केसीले बताउनु भयो ।

बागलुङ जिल्ला अधिवेशनको उद्घाटन गर्न उपाध्यक्ष पौडेल आउने जानकारी प्राप्त भएको उहाँले बताउनुभयो ।

यसैगरी जिल्ला अधिवेशनलाई भव्य रुपमा सम्पन्न गर्न मंगलबार जन परिचालन उपसमितिका संयोजक लक्ष्मण पुनको अध्यक्षतामा बैठक बसेको छ । बैठकले अधिवेशनको उद्घाटन शत्रमा ६ सय ३७ जना प्रतिनिधि सहित १५ सय भन्दा बढी संगठित सदस्यको उपस्थिती गराउने निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *