दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप सुरु

आदर्श अनलाइन,बागलुङ
बागलुङको काठेखोला गाउँपालिकामा दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता बुधबार देखि सुरु भएको छ । काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा सुरु भएको प्रतियोगिताको उद्घाटन पछि बोल्दै प्रतिनिधिसभाका पूर्व माननिय सांसद गोविन्दप्रसाद शर्मा कंडेलले पालिकाको विकासको लागि सवै एक जुट भएर लाग्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले गाउँपालिकाका पूर्व जनप्रतिनिधिहरुले सूरुवात गरेको काठेखोला गाउँपालिका अध्यक्ष कपलाई अहिलेका जनप्रतिनिधिहरुले निरन्तरता दिनु राम्रो भएको बताउनुभयो । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले गाउँपालिका भित्र रहेका कलाकार र खेलाडीहरुलाई अगाडी बढाउन सहयोग पु¥याउने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको बताउनुभयो ।

उद्घाटन कार्यक्रममा प्रतिनिधिसभाका पूर्व सदस्य टंकप्रसाद शर्मा कंडेल, काठेखोला गाउँपालिकाका उपाध्यक्ष तेज बहादुर थापा, गाउँपालिकाका संस्थापक अध्यक्ष अमर बहादुर थापा, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, नेपाली काँग्रेस काठेखोलाका सचिव प्रेम बहादुर थापा, नेकपा एमाले काठेखोला गाउँकमिटीका अध्यक्ष डिल बहादुर कार्की, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द पौडेल, नेकपा एकीकृत समाजवादी काठेखोला गाउँपालिकाका संयोजक श्याम पुन र काठेखोला गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष खडक थापाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

उद्घाटन कार्यक्रममा पञ्चेवाजा, भजन, यानीमाया, झाम्रे, सालैजो लगायतका झाँकी प्रदर्शनी गरिएको थियो । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहमा स्वागत मन्तव्य काठेखोला गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विद्यापति शर्मा र संचालन गाउँपालिकाका प्रशासकीय अधिकृत मनोज कार्कीले गर्नुभएको थियो ।

बैशाख १ गतेसम्म संचालन हुने प्रतियोगितामा वडास्तरीय पुरुष भलिबल प्रतियोगिता, दोस्रो काठेखोला लोकतारा–२०८० (गायन प्रतियोगिता), दोस्रो काठेखोला गजल प्रतियोगिता, सामुहिक नृत्य प्रतियोगिता, खुल्ला ताराखेल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, काठेखोला प्रतिभा सम्मान–२०८० को आयोजना गरिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *