बंगलादेश बैंकका प्रबन्धकलाई बागलुङका बैंकर्सको दुई लाख सहयोग

तस्बिरः सहयोग हस्तान्तरण गर्दै बागलुङका बैंकर्स ।

आदर्श अनलाइन,बागलुङ

दुर्घटनामा परेका नेपाल बंगलादेश बैंकका शाखा प्रवन्धक विकास पौडेलको उपचारका लागि जिल्लामा कार्यरत बैंर्कसहरुले करिब दुई लाख रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

प्रवन्धक पौडेल गत फागुन २३ गते दिउँसो बागलुङ बजारको मरेपिपलबाट बागलुङ नगरपालिका–१ रामरेखा तर्फ बा ९२ प २९२० नम्बरको मोटर साईकलमा जाने क्रममा दुर्घटनामा पर्नुभएको थियो ।

बैंकर्स एशोसियसन बागलुङको पहलमा जिल्लामा सञ्चालनमा रहेका २७ वटा बैंकमा कार्यरत बैंकर्सहरुबाट सहयोग संकलन गरि कुल १ लाख ९८ हजार २ सय रुपैयाँ प्रदान गरिएको एशोसियसनका सदस्य तथा सेञ्चुरी बैंकका शाखा प्रवन्धक दिपक शर्माले आदर्श अनलाइनलाई जानकारी दिनुभयो । एउटै क्षेत्रमा काम गरेका सहकर्मीलाई अप्ठ्यारो पर्दा पेशागत र मानवीय सेवा भावले सद्भाव स्वरुप सहयोग प्रदान गरिएको प्रवन्धक शर्माले बताउनभुयो ।

निर्माणाधिन सडकको छेउबाट यात्रा गर्ने क्रममा मोटर साइकल अनियन्त्रित भई सडकबाट खस्दा गम्भिर घाइते भएका पौडेलको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पछि हेलिकप्टर मार्फट काठमाण्डौं लगिएको थियो । उहाँको शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
क-कसले कति सहयोग गरे ? तल तालिकामा हेर्नुहोस् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *