कोरोना, अफवाह र अपराध

सम्पादकीय
चर्चित कवि भूपी शेरचनले धेरै अघि भनेका छन्–‘यो हल्लै हल्लाको देश हो ।’ उनले कुन बाध्यता, परिवेश र परिवन्दका बीच यो लेखेका हुन् । आजको समय सम्म पनि एकिन छैन । तर, एउटा निचोड र अनुमान सम्म सहजै पुग्न सकिन्छ कि उनी यो देशका नागरिकहरुले चाहे सहज परिस्थितिमा होस् या असहल परिस्थितिमा । हल्ला, अफवाह फैलाउने र त्यसकी पछि लागेर सत्य र यथार्थ छोपिने पीडाबोधका बीच अभिव्यक्त यो कविता र अशं हो । यो कविताको भाव र आशय आजको दिनमा पनि ‘डेट एक्सापयर’ छैन । कारण आजको समाजका बिभिन्न पात्र र प्रवृत्तिका कारण हामी आज पनि–‘यो हल्लै हल्लाको देश हो’ भन्न बाध्य हुने परिवेश छ । कारण, आज कोरोनाले विश्वव्यापी आतंक मच्चाइरहेको छ । यस्तो संवेदनशिल घडीमा पनि कतिपय नेपालीजन अनेक फेक हल्ला, अफवाह र मानिसहरुमा भय सिर्जना गरेर आंतकित बनाउने गतिविधिमा सक्रिय छन् । जुन नेपाली समाजको बिडम्बना हो ।

पहिलो, शनिवार विहानै काठमाण्डौको नर्भिक अस्पतालमा कोरोनाका ६ जना बिरामी भेटिएको भिडियो र समाचार भाइरल भयो । महामारी फैलिइसकेको र अब केहि गर्न नसकिने भावको आवाज सहितको दृश्यले देशभर तरंग पैदा ग¥यो । दोस्रो, राति १२ बजे विशेष सैन्य हेलिकप्टरले कोरोना भाइरस विरुद्ध औषधि छर्किँदैछ, बाहिर नबस्नुस् । बागलुङ बजार र गाउँ–गाउँमा समेत यसको अफवाहले आम सर्वसाधारणलाई त्राही त्राही पारेको छ । यसले आम मानिसमा ठुलो भयावह र त्रास पैदा गर्नमा बल पु¥याएको छ । तेस्रो, राजधानीको टेकु अस्पतालमा प्लास्टिकले बेरेका ५ वटा शव प्रत्यक्ष देखेँ । १७ वटा पशुपतिमा जलाइयो । सरकारले कोरोना संक्रमित बिरामी भइरहे पनि त्यसलाई लुकाउने दुश्प्रयास भएको आशयको समाचार र सन्देशले मुलुकभरका नागरिकमा ठुलो संशय पैदा गरेको छ । यो अफवाहले दिनभर चोक चोक, चिया गफ र भेटहरुमा कुराकानीको बिषय बनिरह्यो । यस्ता अफवाहहरू म्यासेन्जर, भाइबर र हृवाट्सएपका ग्रुपबाट भाइरल बनिरह्यो ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमण देखिएको छैन भनेर सरकारले पटक पटक प्रष्टिकरण दिइरहेको छ । कोरोना संक्रमण भए नभएको देशको जाँच गर्ने एउटा मात्र निकाय हो, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु । यो बाहेक अरु कुनै पनि ल्याब वा अस्पताललाई कोरोना संक्रमण भए नभएको जाँच गर्ने अनुमति नै छैन । झुटो प्रचार गरेको अभियोगमा रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ समेत गरेको छ । अरु अफवाह फैलाउने व्यक्ति र समूहका सन्दर्भमा पनि अनुसन्धान शुरु गरिएको छ । आजको दिन सम्म कोरोना संक्रमित छैनन् भन्नेमा सरकारले निश्चिन्त र प्रष्ट हुन अपिल गरेको छ । यस्तो अवस्था र संवेदनशिल घडीमा पनि केहि व्यक्तिहरु भने अफवाह फैलाउने कार्यमा लागिरहेका छन् । यस्तो कार्य पूर्णतया सामाजिक अपराध हो, निन्दनीय हो र प्रचारक जोसुकै भए पनि सामाजिक कारवाही हुनुपर्छ । यो संकटको घडीमा सबैले संवेदनशिल भएर सामना गरौ ।

यो पनि पढ्नुहोस्

कोरोना, अफवाह र अपराध

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *