परीक्षा केन्द्रबाट प्रश्नपत्र फिर्ता, सुरक्षाका लागि प्रहरीमा

आदर्श अनलाईन
बागलुङ ।

कोेराना भाईरस (कोभिड–१९) का कारण अन्तिम समयमा स्थगन गरिएको माध्यामिक शिक्षा परिक्षा (एसइई)का प्रश्नपत्र परीक्षा केन्द्रबाट फिर्ता ल्याइएको छ ।

सुरक्षाका हिसाबले निकै संवेदनशील रहेको प्रश्नपत्रलाई सुरक्षाको सुनिश्चितताका लागि केन्द्रमा पठाइएको प्रश्न पत्र फिर्ता गरेर जिल्लाका चार स्थानमा राखिएको शिक्षा विकास तथा समन्वय इकाई बागलुङका प्रमुख कुश्मराज उपाध्यायले जानकारी दिनुभयो । जिल्लाका ३१ वटै परिक्षा केन्द्रमा पुगेको पश्नपत्र बाहिरिन सक्ने सम्भावित जोखिमलाई ध्यानमा राखेर जिल्ला प्रहरी कार्यालय बागलुङ, इलाका प्रहरी कार्यालय बुर्तिवाङ, इलाका प्रहरी कार्यालय हरिचौर र इलाका प्रहरी कार्यालय बरेङमा प्रहरी र केन्द्राध्यक्षको रोहबरमा सुरक्षित तरिकाले राखिएको छ । परीक्षा अनिश्चतकालका लागि स्थगन भएसंगै प्रश्नपत्र लामो समय परीक्षा केन्द्रमा राख्दा समस्या हुने भएकाले केद्रबाट फिर्ता लिएर प्रहरीको सुरक्षामा राखिएको हो ।

‘परीक्षा अनिश्चितकालका लागि स्थगन हुँदा प्रश्नपत्र सुरक्षित राख्नुपर्ने हुन्छ’इकाई प्रमुख उपाध्यायले भन्नुभयो,‘बाकसमा केन्द्राध्यक्षको एउटा चाबी र प्रहरीको अर्को चापी लगाय चार स्थानका प्रहरी चौकीमा राखिएको छ ।’ उपाध्यायका अनुसार, ढोरपाटन नगरपालिका, तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा रहेका परिक्षा केन्द्रका पश्नपत्र इलाका प्रहरी बुर्तिवाङ, गलकोट नगरपालिका, बडिगाड गउँपालिका र ताराखोला गाउँपालिकाको विभिन्न केन्द्रमा रहेका पश्न पत्र इलाका प्रहरी कार्यालय हरिचौर, बरेङ गाउँपालिकाका केन्द्रमा भएको प्रश्न पत्र इलाका प्रहरी कार्यालय बरेङ र बागलुङ नगरपालिका, जैमिनी नगरपालिका र काठेखोला गाउँपालिकाको प्रश्नपत्र जिल्ला प्रहरी कार्यालय बागलुङमा सुरक्षित गरिएको हो । पुनः परीक्षा तालिका सार्वजनिक हुँदा परीक्षा केन्द्रमा पु¥याउन सहज होस् भन्नका लागि पाएक पर्ने स्थान मिलाईको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *