आदर्श अनलाइन, बागलुङ
आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले शेयर सदस्यको आफन्तको निधनमा दुःख व्यक्त गर्दै श्रदाञ्जली सभा सम्पन्न गरेको छ ।
बागलुङ नगरपालिका–८ सिगाना स्थित शेयर सदस्य पुष्पना शर्मा गौतम, पद्मा कुमारी उपाध्याय र गंगा शर्माका सासुआमा डिल कुमारी उपाध्यायको निधनप्रति दुःख व्यक्त गर्दै घरमै पुगेर श्रद्धाञ्जली सभा सम्पन्न गरेको छ ।
उपाध्यायको ९ औं दिनको पुण्यतीथि पारेर श्रद्धाञ्जली सभासहित परिवारलाई आदर्श सञ्चार सहकारी संस्थाले राहत रकम समेत हस्तान्तरण गरेको छ ।
श्रद्धाञ्जली सभामा संस्थाका अध्यक्ष हुमाकुमारी जिसी (अञ्जु), शेयर सदस्य सिता पन्त, शेयर सदस्य हिरा बहादुर केसी, कमला गौतम लगायतको उपस्थितीमा सदस्यका परिवारका सदस्यको निधनमा प्रदान गरिने मृत्यु राहत स्वरुप रु.१५ हजार रुपैयाँ स्वर्गीय उपाध्यायका छोरीहरुलाई हस्तान्तरण गरिएको थियो ।
आदर्श सञ्चार सहकारी संस्थाले सदस्य राहत कोषबाट शेयर सदस्यको निधनमा १५ हजार र शेयर सदस्यका परिवारका सदस्यको निधनमा ५ हजार रकम राहत स्वरुप प्रदान गर्दै आएको छ ।
आदर्श सञ्चार सहकारी संस्थाले स्थापनाकालदेखिनै धौलागिरी जागरण दैनिक पत्रिका प्रकाशनसंगै सहप्रकाशन अग्रसर साप्ताहिक, आदर्शसञ्चार अनलाइन, धौलागिरी टेलिभिजनमा सहकार्य गर्नुका साथै वित्तीय तथा सामाजिक क्षेत्रमासमेत काम गर्दै आइरहेको छ ।