आदर्श अनलाइन, कतार
फुलबारी रेष्टुरेन्टले आयोजना गरेको फुलबारी साँस्कृतिक कार्यक्रम–२०२४ को तयारी पुरा भएको जनाएको छ ।
मानव सेवा आश्रमको सहयोगार्थ मे ३ तारिखका शुक्रबारका दिन “फुलबारी रेष्टुरेन्टको चाहना, नेपाली कला र संस्कृतिको जगेर्ना” भन्ने मुल नाराका साथ आयोजना गरिएको कार्यक्रमको तयारी पुरा भएको जनाएको हो ।
कार्यक्रममा सहभागिता जनाउनको लागि नेपालबाट लोकप्रिय लोक तथा दोहोरि गायक पशुपति शर्मा, मोडल तथा नृत्याङगाना करिश्मा ढकाल र सविता भुसाल मंगलबार राति कतार आइपुगेका छन ।
सनैयामा स्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा दिउँसो २ बजे देखी ६ बजे सम्म पहिलो शो र साझ ७ बजे देखी राती १० बजे सम्म दोस्रो शो हुने फुलबारी रेष्टुरेन्टका सञ्चालक श्याम प्रसाद पौडेलले बताउनुभयो । सञ्चालक पौडेलले मानव सेवा आश्रमलाई सहयोग गर्ने पवित्र उदेश्य सहित आयोजना गरिएको कार्यक्रममा सहभागी भएर कार्यक्रममा सव्य एवं भव्य बनाउन कतार स्थित कलाप्रेमी दाजुभाई तथा दिदिबहिनिलाई आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल देखी आएक कलाकार सँगै गैरआवासीय नेपाली तारा –४ का विजेता रुस्तम तामाङ, नृत्य विधामा प्रथम निरु श्रेष्ठ, एनआरएनए द सिङगर सिजन १ की फाइनलिस्ट गुना मगर लगाएत एक दर्जन कलाकारले प्रस्तुती दिने छन् । सो कार्यक्रममा टिकट लिएका दर्शकको लागि चिया नास्ता, सहित खानाको समेत ब्यवस्था रहेको आयोजकले जानकारी दिएको छ ।