न्याय सम्पादन छरितो बनाउँदै अदालत

आदर्श अनलाईन
बागलुङ

‘अदातले न्याय ढिलो दिनु भनेको अन्याय गर्नु हो’ भन्ने भनाई धेरै सुनिएको हो । तर, यो पढेका र सुनेकाहरु अदालतमा पुग्दा हास्यापद जस्तो लाग्ने गरेको नमिठो त विगत छ । अब भने अदालत पुग्दा विगत जस्तो तितो अनुभव गर्नुपर्ने छैन । विगतको गुनासा र आलोचनाबाट धौलागिरी हेर्ने गरि बागलुङमा स्थापना गरिएको उच्च अदालत पोखरा इजलासले पछिल्लो समय न्याय सम्पादनमा उल्लेख्य सुधार गरेको छ ।

इजलासले विशेष अवस्थामा बाहेक मुद्दा परेको ढिलोमा एक वर्ष भन्दा बढि समय मुद्दा फछ्यौटमा नलाग्ने गरी न्याय सम्पादन गर्न थालिएको पोखरा उच्च अदालत बागलुङ इजलासका मुख्य भई काम गर्ने न्यायधिश जयकुमार जोशीले बताउनुभयो । ‘अदालत र जनताको दुरी विगतमा बढि थियो, अदालत भन्ने वित्तिकै धेरै दुःख पाउनु पर्छ भन्ने सोच व्याप्त थियो’ न्यायधिश जोशीले भन्नुभयो, ‘अहिले जतिसक्दो छिटो न्याय र त्यसको लामो झञ्झटिलो प्रक्रियालाई छोट्याएर जनतामा न्यायको पहुँच बढाएका छौ, यसले अदालत प्रतिको आस्था र भरोसा बढ्ने बिश्वास गरेका छौ ।’
अदालतले पहिले धेरै पर्खिनु पर्ने फैसला लिन अब प्रमाणिकरण भए पश्चात सेवाग्राहीले निवेदन दिएको १५ मिनेटमै फैसलाको प्रति उपलब्ध गराइने न्यायधिश जोशीले बताउनुभयो । अदालतका अनुसार,नक्कल दिने, पेशी तारेख तोक्ने, गुज्रेको तारेख थाम्ने थमाउने, वारेसनामा, सकारनामा सम्बन्धि कार्य, मिलापत्र, पुनरावेदन फिर्ता, तामेली लगायतको निवेदन दर्ता, लिखित जवाफ वा अन्य प्रमाण कागजात पेश, फुटकर निवेदन दर्ता वा दरपिठ गर्ने, पेशी तारेख मुद्धाको कारवाही सम्बन्धी जानकारी सूचना लिने दिने कार्यक्रम आधादेखि एक घण्टा भित्रमा उपलब्ध गराउन थालिएको छ ।
जसका कारण उच्च अदालत पोखरा बागलुङ इजलासले पछिल्लो आठ महिनामा लक्ष्य भन्दा बढी मुद्दा फछ्यौट समेत गर्न सफल भएको छ । चालु बर्षको हाल सम्म तोकिएको लक्ष्य १ सय ४५ वटा मुद्दा फछ्यौट गर्नुपर्नेमा अदालतले १ सय ६४ मुद्दा फछ्यौट गरेको उच्च अदालत पोखरा बागलुङ इजलासका रजिष्ट्रार मोहन सुवेदीले बताउनुभयो ।

चालु बर्षका लागि अदालतमा कुल २ सय ७६ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य छ । अदालतका अनुसार, झण्डै ३ सय १९ मुद्दा चालु बर्षमा दर्ता हुने अनुमान छ । गत बर्षको लगत सरेर ८५ मुद्दा आएका थिए । आठ महिना भित्र लगत सरेर आएका मुद्दाबाट पनि ७२ वटा फछ्र्यौट भएको सुवेदीको भनाई छ ।
अदालतको दिएको तथ्यांक अनुसार देवानी तर्फ कुल ५९, फौजदारी तर्फ १ सय ८०, रिट ३२ वटा र अन्य विविध चार वटा मुद्दा सञ्चालनमा छन् । फुटकर निवेदन तर्फ कुनै पनि लगत सरेको थिएन । ८ महिनामा ६१ वटा निवेदन दर्ता भएका छन् । अदालतले ८ वटा लगत सरेका र ३२ वटा चालु बर्षका गरी ४० वटा प्रतिवेदन पनि तयार गरेको छ ।

वैतनिक वकिल मार्फत हेरिने थुनुवा मुद्दा तर्फ चालु बर्षमा ३० वटा मुद्दा फछ्र्यौट गर्ने लक्ष्य छ । ती मध्ये अहिले सम्म १३ वटा फछ्यौट भएका छन् भने १७ मुद्दा बाँकी छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *