आदर्श अनलाइन, बागलुङ
बागलुङको गलकोट नगरपालिका–७ मल्मले दुई दिने उद्घोषण कला तथा नेतृत्व विकास तालिम प्रदान गरेको छ । नगर उपप्रमुख महिला लक्षित विकास कार्यक्रम अन्र्तगत मल्लमका ५५ जना महिलाहरुलाई दुई दिने उद्घोषण कला तथा नेतृत्व विकास तालिम प्रदान गरिएको वडा अध्यक्ष राज बहादुर थापाले बताउनुभयो ।
समाजमा रहेका महिलाहरुलाई सामाजिक भावना जगाउदै घरमै सिमित रहेका महिललाई बाहिर ल्याउदै महिलाहरुलाई सक्षम बनाउन थालिएको उहाँको भनाई छ । उहाँले उद्घोषण कला तथा नेतृत्व विकास तालिमले महिलाहरुको अन्तरनिहित क्षमतालई बाहिर ल्याउन सहयोग पुग्ने बताउनुभयो ।
तालिमको उद्घाटन जिल्ला समन्वय समिति सदस्य धन कुमराी खत्रीबाट गरिएको थियो । यस्तै तालिमको समापन गलकोट नगरपालिकाका उपप्रमुख फमलाल न्युरेले गर्नुभएको थियो । तालिम समापन गर्दै न्यूरेले महिलाहरुलाई सामाजिक र राजनीतिक क्षेत्रमा समेत अगाढी बढाउन आवश्यक रहेको बताउनुभयो । उहाँले गलकोट भरका महिलाहरुलाई वार्षिक रुपमा यस्ता कार्यक्रम गरिदै जाने बताउनुभयो ।
तालिमको प्रमुख प्रशिक्षकका रुपमा पत्रकार सुष्मा पौडेलले सहजीकरण गर्नुभएको थियो । उहाँले उद्घोषण कला, नेतृत्व विकास सहित महिलाहरुलाई उत्प्रेरणा जगाउनुभएको थियो । यस्तै तालिममा पत्रकार थम्मन थापाले उद्घोष कलाका विषयमा सहजीकरण गर्नुभएको थियो । तालिम मल्मका वडा अध्यक्ष राज थापाको अध्यक्षता, वडा सदस्या यानु बिकको सचालनमा सम्पन्न भएको थियो । तालिममा ५५ जना दलित, अपाङ्गता र पछाडी परेका महिला सहभागी रहेका थिए ।