राधाकृष्ण मन्दिरमा दैनिक निशुल्क योग कक्षा

सिर्जना पन्त, बागलुङ
आजभोली जो कोही पनि स्वस्थ्य जीवनका लागि संघर्ष गरी रहेको छ । प्रेसर, सुगर, थाइराईड, ढाड कम्मरको दुखाई, घुडाको दुखाई, मोटोपन, अनिद्रा, भोक नलाग्नु बढी भोक लाग्नु जस्ता समस्या भएका व्यक्ति घर घरमै भेटिन्छन् ।

खाने, पिउनेदेखि हेर्ने सम्मका कुलत र दुव्र्यशनका कारण पछिल्लो समय बालबालिकामा समेत एन्जाईटी र डिप्रेशन जस्ता समस्या देखिन थालेको छ । जसका कारण दिन प्रतिदिन जघन्य अपराध समेत बढ्दै गएका छन् ।

स्वस्थ र खुसी जीवन जीउनका लागि दैनिक योग जरुरी रहेको पतन्जली योग समिति बागलुङका संगठन मन्त्री तथा पतन्जली योग समिति नेपालका आजीवन सदस्य अमृत कंडेलले बताउनु हुन्छ । ‘शरीरमा विभिन्न रोगले आक्रमण गरी सकेपछि योग सिक्न आउने प्रचलन छ,’ योग गुरु कंडेल भन्नुहुन्छ योग शरीरका रोगको लागि मात्र होइन् मनको रोग पनि निको पार्ने विधी हो, बाल्यकालदेखिनै योग अभ्यास गर्न जरुरी छ ।’

जीवनका लागि योग, ध्यान र प्रणायम नित्यकर्म जत्तिकै जरुरी भएको भन्दै कंडेलले ७÷८ वर्षको उमेरदेखि नै बालबालिकालाई समेत योग अभ्यासमा जोडनु पर्ने बताउनु हुन्छ । पतन्जली योग समिति बागलुङले लामो समयदेखि बागलुङमा निशुल्क दैनिक योग कक्षा सञ्चालन गर्दै आएको छ ।

कक्षामा दैनिक २५ जना भन्दा बढीको सहभागिता हुने गरेको समितिका महिला अध्यक्ष कल्पना श्रेष्ठ बताउनु हुन्छ । हरेक विहान साढे ४ बजेबाट राधाकृष्ण मन्दीरको सभाहलमा हुने योग कक्षामा २ घण्टा मन्त्र उच्चारण, योगका विभिन्न विधि, ध्यान र प्रणायम गराउने गरेको श्रेष्ठको भनाई छ ।

१५ वर्षदेखि माथीका ७० वर्षसम्मका आमा दिदी बहिनीहरु योग कक्षामा आउनु हुन्छ, श्रेष्ठले भन्नुभयो हाम्रो कार्यशैली र खानपानका कारण योग अपरिहार्य भएपनि अझै मानिसमा जागरण ल्याउन नसकिएको बताउनु भयो ।

एक दिन योग गर्याे, तीन दिन छोड्यो यस्तो हुँदैन् श्रेष्ठले भन्नुभयो योग हामिले फेर्ने स्वास जत्तिकै जीवनका लागि महत्वपूर्ण छ, बच्चादेखि वृद्धसम्म सबैले गर्नुपर्छ ।

योग कक्षामा बेला बेला बागलुङका विभिन्न विद्यालयले विद्यार्थीलाई अभ्यासका लागि ल्याउने गरेका छन् । परिक्षा सञ्चालन हुनु पूर्व, परिक्षा सकिए पछि र बिच बिचमा पनि जिल्लाका विभिन्न विद्यालयले विद्यार्थीलाई एकाग्रता र पुर्नताजगीका लागि ल्याउने गरेको संगठन मन्त्री कंडेलले बताउनु भयो ।

शुक्रबारमात्र कालिका कन्या मन्दिर माध्यामिक विद्यालयका ३० जना विद्यार्थी कक्षामा सहभागी भएका छन् । कक्षा ७, देखि १० सम्मका इच्छुक विद्यार्थीलाई योग अभ्यासका लागि पतन्जलीको योग कक्षामा ल्याईएको विद्यालयका शिक्षक हुमा रिजालले बताउनु भयो ।

विद्यार्थीलाई तनाव कम गराउने, रिस नियन्त्रण गर्ने, अनिद्रा र एकाग्रताका लागि विभिन्न योग अभ्यास गराइएको थियो । मन्त्र उच्चारण, योगिङ जोगिङ, सर्य नमस्कारण लगाएत योगका विभिन्न आसनको अभ्यास गराएको कंडेलले बताउनु भयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *