नेकपा एमाले गलकोट नगर कमिटीको अधिवेशन जेठ १५ र १६ गते

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले गलकोट नगर कमिटिको अधिवेशन जेठ १५ र १६ गते हुने भएको छ ।

नगर कमिटिका अध्यक्ष पूर्ण काउचाको अध्यक्षतामा शुक्रबार बसेको ३७ औँ पूर्ण वैठकले जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर नगर कमिटीको दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो ।

वैठकमा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष हिरा बहादुर केसीले एमालेका नगर कमिटी गाउँ कमिटी र जनवर्गिय संगठनहरु हरेक वेथितीका विरुद्धा लड्न सक्ने हुनुपर्ने बताउनु भएको थियो ।

उहाँले नागरिकका समस्या बुझ्ने, समाधानको प्रयत्न गर्ने र सर्बको आवाज बन्न सक्ने पार्टी र नेतृत्वनै जनताको प्रिय पाटी र नेता हुने बताउनु भएको थियो ।

वैठकमा नेपका एमाले बागलुङका उपाध्यक्ष विष्णु भुषाल, उपसचिव करमती पुन, नेकपा एमाले गण्डकी प्रदेश सदस्य बाबुराम नेपाली लगाएतले बोल्नु भएको थियो ।

नेकपा एमाले बागलुङको दसौँ जिल्ला अधिवेशनबाट निर्वाचित अध्यक्ष केसी सहित उपाध्यक्ष विष्णु भुषाल र उप सचिव करमती पुनलाई बधाई ज्ञापन गरिएको थियो ।

वैठकले अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष पूर्ण काउचाको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, उपाध्यक्ष इश्वर बोहराको संयोजकत्वमा जनपरिचालन उपसमिती, सचिव दान श्रीषको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन, गणेश बुढाको संयोजकत्वमा प्रचार प्रसार उपसमिति, यम कुमारी क्षत्रीको संयोजकत्वमा आर्थिक, हेमन्त पन्तको संयोजकत्वमा हलमञ्च व्यवस्थापन उपसमिति गठन गरेको सचिव दान श्रीषले जानकारी दिनुभयो । अधिवेशनमा २ सय जना प्रतिनिधि सहभागी हुने छन् ।

अधिवेशनबाटै अनेमसंघ गलकोट नगर कमिटी र युवा संघ गलकोट नगर कमिटीको समेत गठन गरिने सचिव श्रीषले बताउनु भयो ।

वैठक अध्यक्ष काउचाको अध्यक्षता, सचिव श्रीषको सञ्चालन र सचिवालय सदस्य भक्त नेपालीको स्वागत मन्तव्यमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *