सहकारीलाई आंशिक रुपमा कार्यालय सञ्चालगर्न महासंको आग्रह

आदर्श अनलाईन, बागलुङ
राष्ट्रिय सहकारी महासंघ नेपालले सरकारले कोरोना संक्रमण रोकथामको लागि गरेको निर्णयक परिपालनको लागि देशभरका सहकारीको तर्फबाट प्रतिवद्ध रहेको भन्दैं प्रेस विज्ञप्ती जारी गरको छ ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कंडेलले हस्ताक्षर गरेको विज्ञप्तीमा देशभरका सहकारीलाई समुदाय र सदस्य प्रति जिम्मेवार बन्दैं विषम परिस्थतीमा जनचेतना अभिवृद्धिको साथै अत्यावश्यक सेवाप्रवाहको लागि तत्पर रहन आग्रह गरिएको छ ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सहकारीका कर्मचारीलाई माक्स, सेनिटाईजर लगाएतका सरसफाईका वस्तु उपलब्ध गराउन सहकारी संघ संस्थालाई आब्हन गरिएको छ । साथै स्वास्थ्य सहकारीलाई नियमित स्वास्थ्य सेवा प्रदान गर्न, उपभोक्ता सहारीलाई अत्यावश्यक बस्तुको आपूर्ति गर्न र वित्तिय संघ संस्थालाई आंशिक समयमा मात्र कार्यालय खोलि तरलताको व्यवस्था हुने गरि सदस्यको आवश्यकताको आधारमा वित्तिय सेवा प्रदान गर्न आग्रह गरिएको छ ।

विज्ञप्तीमा अत्यावश्यक बाहेकका अन्य सेवा बन्दगरि भिडभाड नगर्न र कालोबजारी रोक्नको लागि सहकारी संघ संस्थाहरुलाई आग्रह गरिएको छ ।

यो पनि पढ्नुहोस्