बागलुङमा ब्युटिसियन ट्रेनिङ प्राप्त महिलालाई विदाई

आदर्श अनलाइन, बागलुङ

सीप सिकौं आत्मनिर्भर उद्यमशिल नारी बनौ भन्ने नारा सहित आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङद्वारा ५० जना भन्दा बढी विभिन्न बिधामा रहेका बिद्यार्थी हरुलाई प्रमाणपत्र वितरण तथा बिदाइ कार्यक्रम सम्पन्न गरेको छ ।

बागलुङ सदरमुकाममा एक कार्यक्रम संचालन गरि ५० जना बागलुङ का सक्रिय महिलाहरुलाइ १ हप्ते,१ महिने र ६ महिना गरि विभिन्न बिधामा बेसिक,डिप्लोमा कोर्स ट्रेनिङ गरेका महिलाहरुलाइ प्रमाणपत्र तथा बिदाइ गरेको आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल का संचालक एंव प्रशिक्षक चन्द्र छन्त्याल लामाले बताउनुभयो ।

कार्यक्रमको उद्घाटन पछि बोल्दै पुर्व संघीय सांसद मना कुमारी के.सी जि.सीले तालिमले महिलाहरूलाई देश मै रोजगार हुने वातावरण सृजना गरेको र व्यवसायिक बनाउन उक्त मुख्य भुमिका खेलेको बताउनुभयो ।

बागलुङ नगरपालिका नम्बर २ का वडा अध्यक्ष सुरज बोसेल, पर्यटन तथा उद्योग कार्यलय बागलुङका प्रमुख पारसिङ थापा,सीप बिकास तालिम केन्द्र कुश्माका केन्द्र प्रमुख मोहन चन्द्र सुवेदी, उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कंडेल, आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङका सह प्रशिक्षक निरु रुचाल लगायतका मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रम शुक्र बहादुर लामा सुरेन्द्रको अध्यक्षता, आइटिसी ब्युटिसियन ट्रेनिङ स्कुल बागलुङका सह प्रशिक्षक नबिना छन्त्यालको स्वागत र पत्रकार दिलिप प्रतेलको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *