रोहन जि.सी, बागलुङ
नेकपा एमाले काठेखोला गाँउपालिका कमिटिको अधिवेशन जेठ ५ र ६ गते हुने भएको छ ।
गाँउपालिका कमिटिका अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षतामा मंगलबार बसेको पूर्ण वैठकले जेठ ५ र ६ गते पालिका कमिटीको दोस्रो अधिवेशन गर्ने निर्णय गरेको हो ।
वैठकमा बोल्दै नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष हिरा बहादुर केसीले एमाले काठेखोला गाँउपालिका कमिटी, वडा कमिटी र जनवर्गिय संगठनहरु पार्टिका हरेक परिस्थितिमा निडर भई सहभागी हुनुपर्ने बताउनुभएको थियो ।
नेकपा एमाले बागलुङको दसौँ जिल्ला अधिवेशनबाट काठेखोलाबाट निर्वाचित अध्यक्ष केसी सहित पदाधिकारी तथा सदस्यहरूलाई बधाई ज्ञापन गरिएको थियो ।
वैठकले अधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष डिल बहादुर कार्कीको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, प्रतिनिधी व्यवस्थापनमा विद्यापती शर्मा, आर्थिक संयोजनमा राजु गौतम, जन परिचालनमा तिल वहादुर खडका (तिलक),हलमञ्च ब्यवस्थापनमा राजु कंडेल, सन्दिप कंडेल, अतिथी सत्कारमा उजेली शर्मा, खाना, खाजा ब्यवस्थापनमा नर वहादुर क्षत्री, स्वयंसेवक परिचालनमा आशिष थापा, विनोद कार्की,प्रचार प्रसारमा रोहन जि.सी, कमल पौडेलको संयोजकत्वमा उपसमिति गठन गरेको सचिव विद्यापती शर्माले जानकारी दिनुभयो ।
त्यस्तै अधिवेशनको निर्वाचन कमितिमा डाक्टर डिल्लीराज गौतम, गोविन्द भण्डारी, मनोज कार्कीलाई जिम्मा दिईएको छ ।
अधिवेशनमा १ सय १ जना प्रतिनिधि सहभागी हुने छन् । त्यसैगरी काठेखोलामा गठित विभिन्न जनवर्गीय संगठनहरूबाट २/२ जनाको दरमा अधिवेशन प्रतिनिधीको उपस्थित गराउने अध्यक्ष कार्कीले बताउनुभयो ।
वैठक नेकपा एमाले काठेखोला गाँउपालिका कमिटिको अध्यक्ष डिल बहादुर कार्कीको अध्यक्षता, सचिव विद्यापति शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।