ट्राफिक सप्ताहको छैंठौ दिन रक्तदान

रोहन जि.सी, बागलुङ

सवारी व्यवस्थापन, दुर्घटना न्यूनीकरण गर्न तथा ट्राफिक जनचेतना अभिवृद्धिका लागि बागलुङमा सञ्चालित भएको सडक सुरक्षा तथा ट्राफिक सप्ताहको अवसरमा आयोजित विभिन्न कार्यक्रम अन्तर्गत सप्ताहको पाँचौ दिन आइतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको परिसरमा आयोजित रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा सम्पन्न रक्तदान कार्यक्रममा सुरक्षाकर्मी, समाजसेवी र विभिन्न संघ संस्थामा आवद्व कर्मचारी गरी ३५ जनाबाट गरिएको रक्तदानबाट ३५ पिन्ट रगत संकलन भएको बागलुङका ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक सुमन निउरेले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले रगत दानभन्दा ठुलो अरू दान हुन नसक्ने भन्दै उनले यस्ता रचनात्मक कार्यहरू सबै ठाउँमा गरिनु आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रम जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक ऋषिराम कँडेलको अध्यक्षता, ट्राफिक प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक सुमन निउरेको सञ्चालनमा सम्पन्न भएको थियो ।

सप्ताहको अन्तिम दिन सोमबार पत्रकारसंग सप्ताहको समिक्षा गर्दै दुर्घटनाबाट ज्यान गुमाएका व्यक्तिहरूको स्मरणमा बागलुङ बजारको मुख्य चोकमा दीप प्रज्वलन गरि सप्ताहको समापन गरिने छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *