अपाङ्गमैत्री पूर्वाधारमा लगानी बढाउदै नगरपालिका


खेमराज गौतम, बागलुङ

बागलुङ नगरपालिकाले अपाङ्गमैत्री भौतिक पूर्वाधारमा लगानी बढाएको छ । बागलुङ नगरपालिकाले पहिलो पटक बागलुङ बजारमा अपाङ्गमैत्री फुटपाथ निर्माण गरिरहेको छ ।
बागलुङ नगरपालिकाले अवैद्य सडक पेटी भत्काएर सडक विस्तार संगै फुटपाथ निर्माण गरिरहेको छ ।

अपाङ्गलाई समेत हिड्न मिल्ने टायल विच्छाएको फुटफाथ सहितको सडकले बागलुङ बजारलाई थप शौन्दर्यकरण गर्न थालेको छ भने दुर्घटना न्यूनिकरण समेत गर्नेछ । पहिलो चरणमा बागलुङ बजारको अस्पताल रोडदेखि मरेपिपल सम्मको सडकमा फुटफाथ निर्माण गरेको बागलुङ नगरपालिकाले दोस्रो चरणमा ट्राफिक चोक देखि नगरपालिकाको कार्यालय हुँदै नेपाल टेलिकमको कार्यालय सम्म फुटपाथ निर्माण गरिरहेको छ ।

यस्तै ऐश्वर्य पार्क नजिकै नगरपालिकाले अपाङ्गमैत्री सार्वजनिक शौचालय निर्माण गरेको छ । फुटपाथको अभवामा पैदल यात्रु र सवारीसाधन एउटै सडकमा हिड्दा दुर्घटना बढेको भन्दै नगरपालिकाले मापदण्ड विपरितका सडक पेटी हटाएर फुटपाथ निर्माण गरिरहेको बागलुङ नगरपालिकाले जनाएको छ ।

अस्पताल देखि मरेपिपल सम्म बागलुङ नगरपालिकाको रु.३३ लाख ६० हजार र स्थानीय जनसहभागीतबाट रु. ३ लाख ६८ हजार गरी रु. ३७ लाख २८ हजार लागतमा मापदण्ड विपरितका सडक पेटी हटाएर पक्की नाली निर्माण संगै नमूना फुटपाथ निर्माण गरेको छ ।

यस्तै ट्राफिक चोक देखि नेपाल टेलिकम सम्मको सडकमा दुई तर्फी रुपमा फुटपाथ निर्माण गर्न नगरपालिकाले रु. ५० लाख बिनियोजन गरेको नगरपालिकाका ईन्जिनियर त्रिलोचन गिरीले जानकारी दिनुभयो । गिरीका अनुसार नगरपालिकाले रु. १९ लाखको लागतमा अपाङ्गमैत्री सार्वजनिक शौचालय समेत निर्माण सम्पन्न गरेको छ ।

बालमैत्री नगरपालिका निर्माणको चरणमा रहेको नगरपालिकाले अब बन्ने संरचना अपाङ्गमैत्री बनाउने अभियान अन्र्तगत फुटपाथ र शौचालय निर्माण गरिएको नगरप्रमुख बसन्त कुमार श्रेष्ठले जानकारी दिनुभयो । सार्वजनिक शौचालयसंगै एभरेष्ट बैंकको सहकार्यमा एटिएम र कफिसप समेत निर्माण गरिएको छ । बागलुङ नगरपालिकामा हाल सम्म फुटपाथ सहितको सडक थिएन । बागलुङ बजारमा सडक मिचेर बनाइएका पेटी, टहरा तथा अवैध संरचनाहरु हटाएर पैदलयात्रीहरुको सहजताका लागि फुटपाथ निर्माण भइरहेको थियो ।

“बागलुङ बजार शौन्दर्यकरणका लागि सडक कालोपत्र, लाईन मार्कीङ र जेब्रा क्रसिङ र अपाङ्गमैत्री फुटपाथ, सडकमा पेटी मिचेर बनाइएको पार्कीङ तथा अवैद्य संरचना भत्काएर सडक चौडा पार्दै सडकको दुई तर्फनै ब्लक, टायल सहितको फुटपाथ निर्माण गरिएको छ” श्रेष्ठले भन्नुभयो “मल्टीकलर ब्लक, टायल सहितको फुटपाथले पैदल यात्रुलाई सहज हुनेछ ।”
नगरप्रमुख श्रेष्ठले बागलुङ बजारलाई बिस्तारै शौन्दर्यकरण गर्ने योजना अनुसार अहिले अपाङ्गमैत्री संरचना निर्माणकार्यले तिब्रता पाएको छ ।

अवैद्य संरचना हटाएर छोड्दा समस्या हुँने भन्दै अवैद्य संरचना हटाउदासाथ फुटपाथ निर्माण गर्ने गरी नगरपालिकाले क्रमश अवैद्य संरचनामा डोजर चलाउदै आएको बागलुङ नगरपालिकाको वस्ती विकास शाखाका प्रमुख इन्जिनियर गौरव शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार नगरले अवैद्य संरचना भत्काउन शुरु गरिएको विद्युत कार्यालय देखि होटल दि राजन सम्मको सडक ढलान समेत सम्पन्न भइसकेको छ । रु. २४ लाख लागतमा उक्त सडक विस्तार गरी स्तरीय बनाइएको छ ।

अवैध संरचना हटाएर पक्की नाली सहित फुटपाथ निर्माणको कामले नगरपालिकाको शौन्दर्यतामा वृद्धि गरिरहेको छ । “ अपाङ्गमैत्री शंरचाना निर्माणले नगरपालिका भर तिब्रता पाउछ, यो प्रारम्भिक काम हो, बजारभरीनै दुईतर्फ फुटपाथ सहितको सडक बनाउने हाम्रो योजना छ, सडकलाई चौडा बनाउने र फुटपाथ बनाउदा बजारको शौन्दर्यकरण बढ्ने तथा दुर्घटना न्यूनिकरण हुँने हाम्रो अपेक्षा हो” इन्जिनियर शर्माले भन्नुभयो “भत्काएर मात्रै हुँदैन भत्काएको क्षेत्रमा तत्कालै काम गर्ने बजेटको शुनिश्चतता गरेर मात्रै निर्माण थालेका छौं, नगरपालिकाको अवैद्य संरचना भत्काउने काममा बजारबासीको उत्साहजनक सहयोगले सफलता मिलेको हो ।”

विकासमा पछि परेको बागलुङ बजारको मरेपिपलमा अहिले फुटपाथले यात्रुलाई निकै सहज बनाएपछि स्थानीयहरुले विकासको महशुस गरेका छन् । बागलुङ नगरपालिकाले फुटपाथ सहितको सडक निर्माण थालेपछि यहाँका स्थानीय खुसी भएका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *