मुहान सुक्न थालेपछि संरक्षण

आदर्श अनलाइन, बागलुङ

पछिल्लो समय मुहान तथा कुवा सुक्न थालेका छन् । विभिन्न कारणले गर्दा खानेपानीका मुहानहरु सुक्दै गई खानेपानीको अभाव हुन थालेपछि मुहान संरक्षण गर्न अभियानका रुपमा लिइएको छ । कतै मुहान संरक्षण थालिएको छ त कतै मुल फुटाउन पोखरी संरक्षण गर्न थालिएको हो । पछिल्लो समय सडक निर्माण, जलवायु परिर्वतन तथा भुकम्पका कारण मुहानहरु सुक्दै गएका कारण संरक्षणका लागि पहल थालिएको हो ।

तीन वर्ष अघि मात्रै खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले जिल्लामै पहिलोपटक बागलुङ नगरपालिका–८ सिगाना स्थित छरछरे खानेपानी आयोजनाको मुहान संरक्षण गरेको थियो । मुहान भासिएर तल जाने समस्या भएपछि मुहान संरक्षण आवश्यक रहेको प्राविधिकहरुको भनाई छ । कार्यालयले मुहान सुक्दै जन थालेपछि मुहान संरक्षणका लागि सिगानाबाट अभियान शुरु गरिएको थिायो । छरछरे खानेपानी आयोजनाको मुहान मोटरवाटोको कारण भासिन थालेपछि चार लाख बजेटमा संरक्षण गरिएको थियो । मुहान चुहावन नहुने प्रविधिका साथ पक्की रुपमानै मुहान संरक्षण गरिएको थियो ।

यस्तै काठेखोला गाउँपालिका–४ तंग्रामका खानेपानीका मुलहरु सुक्न थालेपछि तंग्राम गाउँको धूरीमा रहेको खोरताललाई संरक्षण गरि रिचार्ज पोखरीका रुपमा विकास गर्न गत वर्षदेखि काम थालिएको छ । गण्डकी प्रदेश सरकारको रु. ३० लाख बजेटमा उक्त पोखरीको संरक्षण गर्न थालिएको बताउदै पोखरीमा पानी जम्मा भएमा पोखरी मुनीका मुहानहरु बिस्तारै रसाउदै जाने स्थानीयको भनाई छ ।

खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बागलुङले थालेको मुहान संरक्षण अभियानलाई बागलुङ नगरपालिकाले चालु आर्थिक वर्षबाट साथ दिएको छ ।

बागलुङ नगरपालिका–३ स्थित रुम्टामा रहेको खानेपानीको मुहान संरक्षण गरी संकलन गर्ने व्यवस्था वडा कार्यालयले मिलाएको हो । अहिले वडा कार्यालय अन्र्तगत रुम्टामा मुहान संरक्षण, गहतेमा खानेपानी धारा व्यपस्थापन र हनुमानपौवामा आउने पानीको मुहान संरक्षण गरी नयाँ खानेपानीको धारा ल्याइएको वडा अध्यक्ष सनी केसीले जानकारी दिनुभयो । उहाँले थोरै लागतमा प्रभावकारी कामका लागि चौतारी संरक्षण, मुहान संरक्षण तथा पुरानो धारा संरक्षणको कामलाई अभियानका रुपमा लिइएको बताउनुभयो ।

“चौतारी मासिए, बर पिपल मासिए मुहानहरु सुक्दै गए, बागलुङ बजारबासीले नियमित रुपमा खानेपानी लैजादै आएका खानेपानीका मुहान संरक्षण गर्न थालिएको हो, रुम्टाका स्थानीयको संक्रियतामा मुहानलाई नचुहिने बनाएर पानी संकलन गरिएको छ” अध्यक्ष केसीले भन्नुभयो “हामीले सडक, भवन मात्रै विकास देखिरहेको सन्र्दभमा एक लाख भित्रै ठूलो काम गर्न सकिने योजनाामा समेत हाम्रो ध्यान छ, चौतारी संरक्षण तथा मर्मत, हनुमानपौवा मुहान, रुम्टा मुहान र गहते धारा संरक्षणमा जम्मा रु.८० हजार खर्च भएको छ, तर हजारौ बागलुङ बासीको तिर्खा मेटाउन सहज भएको छ ।”

एक घर एक धारा अभियान आएपनि रुम्टामा खानेपानीका लागि कुवामा दिनभर गाग्री भर्नुपर्ने बाध्यतालाई वडा कार्यालय र स्थानीय जनश्रमदानबाट मुहान संरक्षण गरी पानी संकलन गर्ने व्यवस्था मिलाइएको रुम्टा गदौरेखोला मुहान संरक्षणमा सक्रिय स्थानीय सरेश बिकले बताउनुभयो । उहाँले वडा कार्यालयको रु. ४० हजार र स्थानीयको जनश्रमदान र रु. १३ हजार सहयोग संकलन गरी मुहान संरक्षण गरिएको जानकारी दिनुभयो ।

उहाँले पहराबाट निस्किएको मुहान सडक छेउमै भएका कारण भासिन थालेपछि संरक्षण गरिएको बताउदै सडमा हिड्ने पैदल यात्रुलाई समेत सहज भएको बताउनुभयो । संरक्षण गरिएको मुहानको पानी निकै मिठो भएकाले बागलुङ बजारबाट समेत पानी भर्न आउने गरेका छन् । मोटरवाटोका कारण मुहान भासिदै गएको कारण संभावित खानेपानीको अभाव सिर्जना हुन सक्ने भन्दै मुहना संरक्षण गर्न थालिएको हो ।

बागलुङमा जिल्लामा वातावरणीय प्रभाव मुल्याङ्कन नगरी सडक निर्माण गर्नु, भुकम्प तथा जलवायु परिवर्तनका कारण मुहना सुक्दै जान थालेका छन् । खानेपानीको मुहान सक्नथालेर खानेपानीको आपूर्ती असहज भएपछि बागलुङ नगरखानेपानीले समेत लिफ्ट मार्फत खानेपानी बितारण गरिरहेको बागलुङ नगरखानेपानी तथा सरसफार्य उपभोक्ता समितिका अध्यक्ष केबी रानाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *