हरिचौर–मल्म रणनैतिक सडक निर्माणमा ढिलाई

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लामा सञ्चालति एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत दुई ठूला सडक नीर्माणधीन अवस्थामा छन् । दुई वटा निर्वाचन क्षेत्रमा विभाजित बागलुङ जिल्लाका दुई रणनैतिक सडक मध्ये क्षेत्र नम्बर २ मा पर्ने हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माणमा ढिलाई भएको छ ।

बागलुङ क्षेत्र नम्बर १ मा पर्ने बागलुङ बजार अदालत चौपारी–सिगाना–चापाखर्क–गाजाको दहहुँदै बरेङ शान्तिपुर सडक कालोपत्रका लागि धमाधम पूर्वाधारको काम भइरहेको सन्र्दभमा क्षेत्र नम्बर २ मा पर्ने हरिचौर बजार, मल्म, पाण्डवखानी–रमुवा–रणसिंहकिटेनी हुँदै निसीखोला पुग्ने सडकको काम भने कछुवा गतिमा काम भइरहेको छ ।

एउटै समयमा ठेक्का सम्झौता गरेको बागलुङ बजार अदालत चौपारी–सिगाना–चापाखर्क–गाजाको दह हुँदै बरेङ शान्तिपुर सडकको बोक्से–सिगाना खण्डमा ५० प्रतिशत भन्दा बढी काम भइरहदा हरिचौर– मल्म सडकमा भने सुस्त गतिमा काम भइरहेको हो ।

सडक निर्माणको सम्झौता गरिएको दुई पुग्नै लाग्दा समेत हरिचौर–मल्म–पाण्डवखानी सडकको भौतीक प्रगती जम्मा २५ प्रतिशत मात्रै भएको छ । सडक निर्माणको जिम्मा पाएको वल्डवाईड÷लोपूर्ण जेबी निर्माण कम्पनीले सडक निर्माणको कामलाई तिब्रता दिन नसक्दा समय सिमा भित्रै काम सकिनेमा स्थानीयबासी ढुक्क नभएका हुन् ।

निर्माण व्यवसायीले कामलाई निरन्तरता दिइएपनि कामको गती भने निकै सुस्त भएको बागलुङको गलकोट नगरपालिका–७ का वडा अध्यक्ष राज थापाले बताउनुभयो । थापाले ठेक्का सम्झौता भएको दुई वर्ष पुग्नै लाग्दा समेत कामको गती निराशाजनक रहेको बताउनुभयो । उहाँले ठेक्का सम्झौताको लामो समय निर्माण व्यवसायी काममा आउन सकेको थिएन ।

“दुई वर्षमा सडक स्तरोन्नती सकिन पर्ने थियो, अहिले तीन किलोमिटर सडक मात्रै स्तरोन्नती भइसकेको छ, अन्य सडक चौडा पार्ने काम चलिरहेको छ, तर कामको गती निकै ढिलो भयो ३० महिनामा सक्नुपर्ने सडक यही गतिमै काम गर्ने हो भने ६० महिना सम्म सकिदैन” वडा अध्यक्ष थापाले भन्नुभयो “अहिले सडक निर्माणको प्रगती बल्ल तल्ल २५ प्रतिशत पुगेको छ, निर्माण व्यवसायीलाई कामको गति बढाउन भनिरहेका छौं, निर्माण व्यवसायीले कामलाई तिब्रता दिन सकेमा भुक्तानीका लागि नगरपालिकाले समन्वय गर्न सक्नेछ ।”

एक निर्वाचन क्षेत्र एक रणनैतिक सडक अन्र्तगत बागलुङ, म्याग्दी र मुस्ताङमा सञ्चालित चार ठूला सडक मध्ये सबैभन्दा थोरै काम हरिचौर–पाण्डवखानी सडक खण्डमा भएको थापाले जानकारी दिनुभयो । सडक निर्माणको जिम्मा पाएको निर्माण व्यवसायीलाई कामको गति बढाउन पटक–पटक आग्रह गर्दै आएको सडक डिभिजन कार्यालय बागलुङका प्रमुख अनुक्षा घिमिरेले जानकारी दिनुभयो ।

“चालु आर्थिक वर्षको ६ महिना सम्म अर्थमन्त्रालयले बजेट नपठाउदा निर्माण व्यवसायीलाई ताकेता गर्न सकेका थिएनौ, अहिले काम गर्न सके भुक्तानीको समस्या हुन्न काम गर्नुहोस भनेका छौं” प्रमुख घिमिरेले भन्नुभयो “बागलुङमा दुई वटा निर्वाचन क्षेत्र अन्र्तगतका सडकमा हरिचौर–मल्म–पाण्डवखानी सडक निर्माणमा ठेकेदारले ढिलाई गरेकै छ, दुई वर्षमा २५ प्रतिशत काम भनेको निरासाजनक देखिन्छ, अर्को बोक्से सिगाना सडकमा भने राम्रो काम भएको छ ।”

उक्त सडकको विसं २०७९ भदौंमा रु. २५ करोड २० लाखमा ठेक्का सम्झौता गरिएको थियो । उक्त खण्डको शुरुको हरिचौर–मल्ल सम्मको ८ किमि सडक कालोपत्र सक्नेगरी वल्डवाईड÷लोपूर्ण निर्माण कम्पनी बीच सम्झौता भएको थियो । अहिले हरिचौरबाट भैसे सम्मको सडक स्तरोन्नती भइसकेको बताउदै अफ्ठारा कामहरु सकिने चरणमा आएकाले कामले भने गति लिने निर्माण व्यवसायीका आधिकारिक प्रतिनिधि अमिन लामाले बाताउनुभयो । २०८१ फागुन महिना भित्र सम्पन्न भइसक्नुपर्ने सडकको कामको गति हेदौ सम्झौता अवधी भित्रै सकिने अवस्था देखिएको छैन ।

८ किमि सकड कालोपत्र गर्ने मध्ये हाल तीन किमि सडकमा पूर्वाधारको काम सकिएको र ५ किमि सडक चौडा पार्ने काम चलिरहेको बताउदै लामाले अब कामले गति लिने जिकिर गर्नुभयो । “भुक्तानीको समस्याले कामले गति लिन सकेको थिएन, अहिले काम गरेको भुक्तानी रोकिदैन भनेर प्रतिबद्धता आइसकेपछि कामलाई तिब्रता दिन थालेका छौं, वर्र्खा भित्रै अवश्यक हिमपाईप, कल्र्भट लगायतको काम भइरहेको छ, अब उपकरण र मजदुर बढाउन थालेका छौं ।”

असार पछि स्तरोन्नती भएको सडकमा ग्राभेलको काम गर्ने निर्माण व्यवसायीको भनाई छ । घुम्ती सडक ढलान र अन्य सडक कालोपत्र गर्ने अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त सडक कालोपत्र भएपछि बागलुङको गलकोट नगरपालिका र बडिगाड गाउँपालिका हुँदै निसीखोला गाउँपालिका जोड्न सहज हुने छ । उक्त सडक झण्डै ४० किलोमिटर लामो छ । पहिलो चरणमा ८ किमि सडक कालोपत्र भएपछि दोस्रो चरणको ठेक्का खुल्ने सडक डिभिजन कार्यालय बागलुङले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *