जीप दुर्घटना अपडेट १२ घाइतेलाई धौलागिरी अस्पताल ल्याइदै


आदर्श अनलाइन, बागलुङ
जिल्लाको ढोरपाटन नगरपालिका वडा न. ५ मस्तिमा बुधबार साँझ भएको पीकअप जीप दुर्घटना घाइते भएका १६ जना मध्ये १२ जनालाई धौलागिरी अस्पताल ल्याउन थालिएको छ ।

बुधबार साँझ करिब ५ बजेको समयमा बुर्तिबाङदेखि यात्रु लिएर छुटेको ग २ च २३१४ नम्बरको पीकअप जीप दुर्घटना हुँदा जीपमा सवार चालक सहित १६ जना यात्रु घाइते भएका थिए ।

१६ घाइते मध्ये १२ जनालाई थप उपचारका लागि धौलागिरी अस्पतालतर्फ ल्याइएको र अस्पतालमा उपचारका लागि आवश्यक तयारी भइसकेकोे जिल्ला प्रहरी कार्यालय बागलुङमा सूचना अधिकारी विजय यादवले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *