सन्दीपले पाएको सफाइ, संशय र सन्देश

सम्पादकीय
क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय रुपमा मात्र होइन, अन्तर्राष्ट्रिय क्रिकेटमा समेत चम्किरहेका थिएन । नेपालबाट क्रिकेटमा त्यस किसिमको सफलता र उचाई प्राप्त गर्ने दुर्लभ खेलाडिमा आफ्नो नाम दर्ज गरेका उनै लामिछानेलाई एकाएक गम्भीर बलात्कारको मुद्दा लाग्यो । ५ भदौ २०७९ मा सिनामंगलस्थित एक होटलमा राखी बलात्कार गरेको लामिछानेविरुद्ध पीडित (गौशाला २६) ले २१ भदौमा जाहेरी दिएकी थिइन् । बन्द प्रशिक्षणमा रहेका सन्दीपले ताहाचलस्थित हायात प्यालेस होटलबाट निस्केर गौशाला २६ लाई नगरकोट लगेका थिए । त्यहाँबाट फर्किएर सिनामंगलस्थित एक होटलमा बसेका थिए । त्यहीँ बलात्कार गरेको पीडितको आरोप थियो । उजुरी पर्दा क्रिकेट खेलका क्रममा विदेशमा रहेका सन्दीप नेपाल नआएपछि प्रहरीले इन्टरपोलमा डिफ्युजन नोटिस जारी ग¥यो । २० असोजमा नेपाल आएका सन्दीप विमानस्थलबाटै पक्राउ परे, जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । तर उच्च अदालत, पाटनले २९ पुसमा २० लाख धरौटीमा छाड्ने आदेश गरे पछि उनी बाहिरै बसेर मुद्दा लडिरहे । अन्ततः उनले उच्च अदालतबाट बुधवार सफाइ पाएका छन् ।

सफल नेपाली क्रिकेटर, सेलिब्रेटी खेलाडिको रुपमा स्थापित भएकाले अदालतमा मुद्दा दर्ज भए सँगै नेपाली समाज पक्ष बिपक्षमा बिभाजित बन्यो । लामिछानेलाई नियोजित रुपमा फसाइएको भन्दै समर्थन र सेलिब्रेटी क्रेजको आडमा किशोरी माथि बलात्कार गरेको भन्दै चर्को आलोचना भयो । यही समर्थन र आलोचनाका बिच जिल्ला अदालतले सन्दीपलाई बलात्कार मुद्दामा दोषी ठहर गरी ८ वर्ष कैद र ५ लाख जरिवाना गर्ने फैसला सुनायोे । जिल्लाले पुर्पक्षका लागि थुनामा पठायो । यद्यपि न्यायाधीश ढकालले घटनाका दिन पीडितको उमेर १८ वर्ष पुगिसकेको भन्दै नाबालिका बलात्कार स्वीकार मात्र गरेनन् । पीडित गौशला २६ लाई ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने समेत आदेश समेत दिएका थिए । पछि उच्च अदालत, पाटनले २९ पुसमा लामिछानेलाई २० लाख धरौटीमा छाड्न आदेश दियो । त्यसबेला उच्चले विदेश जान रोक लगायोे, तर सर्वोच्च अदालतले उच्चको त्यो बन्देजात्मक व्यवस्था फुकुवा गरेपछि उनले नेपाल बाहिर गएर अन्तराष्ट्रिय क्रिकेट समेत खेले । जिल्ला अदालतले दोषी ठहर गर्दै जेल सजाय सुनाएपछि भने सन्दीपले नेपालबाट खेलेनन् । अहिले उच्च अदालतले जिल्लाको फैसला उल्ट्याउँदै लामिछानेलाई सफाइ दिएका छन् । यसमा सफाइ दिनुको आधार र कारणबारे पूर्णपाठ आए पछि मात्रै थाहा होला ।

अहिले उच्च अदालतको सन्दीपको सफाइको फैसलामा पनि नेपाली समाज उस्तै बिभाजित छ । बलात्कार जस्तो जघन्य अपराध कर्ममा राष्ट्रिय खेलाडी भएकै कारण भिड हेरेर फैसला गरेको युवती पक्षधरको जिकिर छ । सन्दीप समर्थक भने नियोजित रुपमा फसाइएकाले ढिलै भए पनि सफाई पाएको बताइरहेका छन् । यस घटना र फैसला सम्म आइपुग्दा नेपाली समाजको बिकृत रुप र परिदृश्य अनेकन हिसाबले छरपष्ट भएको छ । जसका बारेमा सचेत नागरिक, सरकार, सरोकारवाला बिच स्वस्थ बहस, मन्थन हुन आवश्यक छ । जे होस्, उच्च अदालतले जे फैसला गरेको छ, अदालतको फैसलाको सम्मान गर्नुपर्छ । तर, यी यस्ता सवालमा अदालत, न्यायमूर्तिहरु माथि मुद्दा हेरेर होइन, अनुहार, क्रेज, पैसा, पावर हेरेर फैसला गर्ने गरेको संगीन आरोप छ । सम्मानित अदालत र न्यायधीशहरुले आफुहरुले न्याय अन्याय छुट्याएर फैसला गर्ने सन्दर्भमा आफु भन्दा माथि पनि जनताको अदालत छ भन्ने हेक्का राख्नुपर्छ । अहिलेको सन्दीपको सफाइको संशय पनि यसकै कारण हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *