कालिका मन्दिर स्थापनाको इतिहास झल्काउदै समिति


खेमराज गौतम, बागलुङ
कालिका मन्दिरको उद्यानमा अहिले डोला बोकेका दुई जना सहित तीन व्यक्तिको प्रतिमा स्थापित गरिएको छ । एक जना तरबार (खड्ग) बोकेका व्यक्ति अघि लाइएको छ भने पछिल्ला दुई जनाले डोला बोकेको प्रतिमा स्थापना गरिएको हो ।

तर उक्त पुर्खाहरुको तस्बिर सहितको प्रतिमाकोे विषयमा उद्यानमा पुगेका अधिकांश धार्मिक पर्यटकहरुले भेउनै पाउदैनन् । प्रतिमा कतिपयले पर्यटक आर्कषण गर्न निर्माण गरेको कला भने त केहीले कालिका मन्दिरलाई सहयोग गर्ने दाताको शालिक भने । तर उक्त प्रतिमा कालिका मन्दिरको इतिहासलाई झल्काउने खालको छ ।

कालिका भगवती गुठी व्यवस्थापन समितिले पर्वत जिल्ला कुस्मा नगरपालिका–१० का कलाकार प्रकाश परियारको सहयोगमा कालिका मन्दिर स्थापनाको इतिहास समेटिएको तीन जना पुर्खाको प्रतिमा निर्माण गरेको हो ।

गण्डकी प्रदेशकै उत्कृष्ट धार्मिक पर्यटकीय क्षेत्रको रुपमा रहेको कालिका भगवती मन्दिर बागलुङ स्थापनाको विषयलाई आम जनमासनसमा पु¥याउन चित्र (प्रतिमा) स्थापना गरिएको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले कालिका मन्दिर कसरी स्थापना भयो भन्ने विषयलाई प्रतिमाले प्रष्ट देखाउने बताउनुभयो ।

विक्रम संम्वत १५९१ मा कालिका मन्दिर स्थापना गरिएको थियो । कालिका मन्दिर स्थापना भएको किम्बदन्तीका आधारमा उक्त प्रतिमा निर्माण गरिएको हो । तीन जना मध्ये प्रतिमामा अघिल्ला व्यीक्तले खड्ग बोक्नुभएको छ भने पछिल्ला दुई जनाले डोला बोक्नुभएको छ ।

विक्रम संम्वत १५९१ मा पर्वते राजा प्रतापी नारायण सिंह मल्लले पाल्पाका राजा मनिमुकुन्द सेनकी छोरीसंग विवाह गर्नुभएको थियो । विवाहमा राजकुमारीले आफुसंगै दाईजोको रुपमा ल्याएकी कालिका देवीको मूर्ति डोलामा बोकेर यही कालिका मन्दिर रहेको स्थान सम्म ल्याइएको थियो । राजकुमारी कालिका देवि भएको अनन्य भक्त समेत हुनुहुन्थ्यो । कालिका देविको मूर्ति अहिले कालिका मन्दिर रहेको स्थानमा ल्याएर बिसाइएको थियो ।

डोलामा बोकेर ल्याइएको मुर्ति बिसाइएको भोलीपल्ट मूर्ति सहितको डोली उठाउन खोज्दा डेग नचलेपछि बागलुङका चक्र पुवार र लङ गाउँका दुई जना मगरलाई सहयोगका लागि बोलाइएको किम्मदन्ती रहेको कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । उहाँले कालिका मन्दिर स्थापनाको सन्र्दभलाई प्रतिमामा उतारिएको बताउनुभयो ।

उक्त ठाउँमा राजाको इच्छा अनुसार डेग नचलेको कालिका देविको मूर्ति त्यही कालिका मन्दिर निर्माण गरेको स्थापना गरिएको थियो । मन्दिर स्थापनादेखि हाल सम्म बागलुङका पुवाँर खड्काहरुले पुजारीको रुपमा कालिका मन्दिरमा मुल पुजारीको रुपमा पुजा गर्दै आएका छन् ।

“कालिका मन्दिर कसरी स्थापना भयो भन्ने इतिहास अहिले स्थापना भएको खड्ग बोकेका चक्र पुँवार र डोला बोकेका उनका दुई साथीहरुको प्रतिमाले प्रष्ट देखाउछ” खड्काले भन्नुभयो “महत्वपूर्ण इतिहास मेटिन सक्छ भनेर एक लाख ५० हजार खर्चेर प्रतिमा बनाइएको हो जस्ले ४९० वर्ष पुरानो इतिहासलाई मेट्न दिदैन ।”

बागलुङ कालिका भगवती मन्दिरमा पूजा अर्चना गर्दा मनोकाँक्षा पूरा हुने जनविश्वास रही आएको छ । त्यही विश्वासका आधारमा यहाँ हजारौं खसी बोका, राँगा तथा हाँस कुखुराको बलि दिने गरिन्छ भने परेवालाई उडाउने चलन रहेको छ । कालिका मन्दिरमा दशैं र चैते दशैंको समयमा दर्शनार्थीको ठूलो भीड लाग्ने गर्दछ ।

यहाँ चैते दशैंको अवसरमा ठूलो मेला समेत लाग्दै आएको छ । संघीय सरकारको एक सय पर्यटकीय गन्तव्यको रुपमा सूचिकृत कालिका मन्दिरको इतिहास क्यूआर कोड मार्फत समेत अध्ययन गर्न सक्ने व्यवस्था बागलुङ नगरपालिकाले मिलाएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *