बागलुङमै पोस्मार्टमको माग गर्दै पीडित पक्षको नारा जुलुस


सिर्जना पन्त, बागलुङ
१७ वर्षीया युवतीको हत्या भएको दावी सहित शवको धौलागिरी अस्पताल बागलुङमै पोस्मार्टम हुनुपर्ने माग गर्दै आफन्तले नाराजुलुस गरेका छन् ।

जेठ १ गते साँझ आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेकी युवतीका माइती पक्षले जिल्ला प्रहरी कार्यालय बागलुङमा मृतक युवतीका श्रीमान र सासु विरुद्ध कर्तव्य ज्यान कसुर शिर्षकमा मुद्दा दर्ता गराएका थिए । युवतीलाई यातना दिएर हत्या गरेको आरोपमा १७ वर्षीय पति र ३७ वर्षीया सासुलाई प्रहरीले जेठ २ गते पक्राउ गरिसकेको छ ।

युवतीको शव धौलागिरी अस्पताल बागलुङमा राखिएको छ । पोस्मार्टमका लागि धौलागिरी अस्पताल बागलुङमा फोरेन्सिक विषेशज्ञ नभएको भन्दै बिहीबारनै जिल्ला प्रहरी कार्यालय बागलुङ र अस्पताल प्रशासनले पोखरा पठाउने तयारी गरेको थियो ।

तर मृतक युवतीका माइती पक्षले शवको पोस्मार्टम बागलुङमै हुनुपर्ने चर्काे दवाव दिएपछि अस्पताल प्रशासन, पीडित पक्ष, अनुसन्धान निकाय, जनप्रतिनिधि र स्वास्थ्यकर्मीको टोलिले शुक्रबार बैठक बसी सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखरामा फोरेन्सिक विषेशज्ञ पठाई दिन अनुरोध गरेको छ ।

बैठकको निर्णय अनुसार तत्काल मन्त्रालयमा पत्राचार गरि मौखिक समेत जानकारी गराएको धौलागिरी अस्पताल बागलुङका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डाक्टर रवि रञ्जन प्रधानले बताउनु भयो ।

मन्त्रालयबाट प्राप्त जानकारी अनुसार शनिबार विषेशज्ञ फोरेन्सिक टोली धौलागिरी अस्पताल बागलुङ आएर शवको पोस्मार्टम प्रधानले बताउनु भयो ।

जनप्रतिनिधि, प्रशासन, अस्पताल र सुरक्षा निकायसँग पीडित पक्ष बैठक बसी सहमती भइसक्दा पनि अस्पताल जस्तो संवेदनशिल स्थानमा नाराबाजी गर्नु दुखद् भएको प्रमुख मेडिकल सुपरिटेण्डेण्ट प्रधानले बताउनु भयो ।

पीडित पक्षले हत्यारालाई कारबाही गर, बागलुङमै पोस्मार्टम गर भन्दै प्रहरी प्रशासन र अस्पताल विरुद्ध नारा लगाउँदै प्रशासन, प्रहरी र अस्पताल अगाडी नारा लागाएका थिए ।

मृतक युवतीको कोठाबाट पति र उनको परिवारले दिएको यातना सहन नसकी आत्महत्या गरेको सुसाइड नोट फेला परे पनि कुटपिट र यातना दिएर हत्या गरी झुण्डाइएको भन्दै माइती पक्षले प्रहरीमा जेठ ३ गते उजुरी दिएका हुन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *