पत्रकार महासंघ बागलुङले भन्योः ‘सचेत बनौ, सचेत बनाऔ’

–रोट्रयाक्टको सहयोगमा स्यानीटाइजर र माक्स वितरण

आदर्श अनलाइन,बागलुङ

जिल्लामा सञ्चालित सञ्चार माध्यम र स्थानीय तथा राष्ट्रिय स्तरको सञ्चार माध्यममा क्रियाशिल पत्रकारहरुलाई स्यानीटाइजर र माक्स प्रदान गरिएको छ ।

पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बागलुङले आइतवार कोरोना भाइरसको बढ्दो जोखिमबाट बचेर राज्यको चौथो अंगको रुपमा अविचलित दायित्व निर्वाह गर्न आग्रह सहित स्यानीटाइजर र माक्स प्रदान गरेको हो ।

कोरोनाको सर्वत्र संक्रमण फैलिए सँगै उच्च जोखिम बढेकाले जिल्लामा क्रियाशिल पत्रकारलाई पहिले आँफु सचेत बनेर मात्रै जनतालाई सचेत बनाउन पुर्ववत सचेतता सामग्री प्रदान गरिएको नेपाल पत्रकार महासंघ बागलुङका अध्यक्ष दिल शिरीषले बताउनुभयो । ‘कोरोनाको जोखिम र सन्त्रासपछि सरकारी कार्यालय, यातायात लगायतका अधिकाशं बन्द भएका छन्,’ उहाँले भन्नुभयो,‘तर यस्तो राष्ट्रिय संकटको बेला मिडिया बन्द गरेर होइन, हामी सचेत बनेर सामाजिक उत्तरदायित्व बहन गर्नुपर्छ, यो भुमिका समाज र देशले खोजेको छ ।’

धौलागिरी अञ्चल अस्पताल बागलुङका प्रतिनिधि देवप्रकाश घिमिरेले कोरोना भाइरसको सम्भावित रोक्न आवश्यक तयारी र भुमिकामा सबैको हातेमालो आवश्यक भए पनि सञ्चार माध्यम र सञ्चारकर्मीको भुमिका बिशेष रहेको बताउनुभयो ।

रोट्रयाक्ट क्लव अफ बागलुङका अध्यक्ष सुमित शाहीले विश्वरभर महामरीको रुपमा फैलिएको कोरोना भाइरसको जोखिम बढेको र अरु सबैलाई सचेत बनाउने पत्रकार स्वयम् सबै भन्दा बढि जोखिममा भएकाले सचेतताका लागि कोरोना बिरुद्ध पत्रकार महासंघ सँग हातेमालो गरिएको बताउनुभयो ।
ठुलो भीडभाड नगर्ने सरकारले निर्देशन जारी गरेकाले जिल्लाका १९ वटा सञ्चार माध्यमलाई संस्थाका प्रतिनिधि मार्फत सामग्री पठाइएको छ । राष्ट्रिय मिडियामा कार्यरत पत्रकारलाई भने स्यानीटाइजर र माक्स सिधै प्रदान गरिएको रोट्रयाक्ट क्लबका आगामी अध्यक्ष ताराप्रसाद शर्माले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *