बागलुङको प्रवेशद्वार मालढुङ्गामा ‘हेल्थ डेक्स’ स्थापना

आदर्श अनलाइन, बागलुङ

नोवेल कोरोना भाइरसको संक्रमणलाई ध्यानमा राखेर जिल्लाको प्रवेशद्धारको रुपमा रहेको मालढुङ्गामा स्वास्थ्य सहायता कक्ष ‘हेल्थ डेक्स’ स्थापना गरिएको छ ।

बागलुङ नगरपालिकाले कोरोना भाइरसको सतर्कता स्वरुप सम्भावित जोखिम रोकथाम तथा जनचेताना फैलाउनको लागि हेल्थ डेक्स स्थापना गरेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले आदर्श अनलाइनलाई जानकारी दिए ।‘हेल्थ डेक्स’बाट जिल्ला बाहिर तथा दक्षिण क्षेत्रबाट आउने यात्रुहरुको ज्वरोको मापन गर्ने र कोरोनाको लक्षण देखिएमा थप परीक्षण तथा परामर्श र उपचारमा राखिने शाखा प्रमुख खनालको भनाई छ ।

जिल्लाको धौलागिरी अञ्चल अस्पताल परिसरमा पनि आइतवारदेखि हेल्थ डेक्स स्थापना गरिएको छ । अस्पताल परिसरमा स्थापना गरिएको हेल्थ डेक्समा रुघाखोकी, ज्वरो लगायतको परीक्षण गरिनेछ । जहाँ थप आंशका लागेमा या गम्भिर प्रकृतिको देखिएमा मात्र अस्पतालमा थप उपचारका लागि राखिनेछ । सामान्य अवस्थाका बिरामीलाई भने परामर्श पश्चात घर पठाइने अस्पतालले जनाएको छ ।

यो पनि पढ्नुहोस्

preload imagepreload image