दीक्षा भण्डारी मृत्यु प्रकरण : न्यायको माग गर्दै प्रद्धर्शन, आरोपीको घर घेराउ

आदर्श अनलाइन, बागलुङ
झुण्डिएको अवस्थामा मृत फेला परेकी बागलुङको काठेखोला गाउँपालिका–१ खहरेकी १७ वर्षीया बालिकाका माइती पक्षले घटनाको सत्य तथ्य छानविनको माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् । जेठ १ गते साँझ घरको कोठामा झुण्डिएको अवस्थामा फेला परेकी बालिकालाई पति, सासु, नन्द र जेठा ससुराले कर्तव्य गरि हत्या गरेको भन्दै माइती पक्षले जेठ ३ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दर्ता गराएका थिए ।

प्रहरीले मृतक बालिकाका १७ वर्षीय पति, ३७ वर्षीया सासुलाई जेठ २ गते, १४ वर्षीया नन्द र ५४ वर्षीय जेठा ससुरालाई ४ गते गते गिरफ्तार गरी अनुसन्धान अगाडी बढाएको छ । घटना भएको छैटौँ दिन सोमबार पनि पीडित पक्षले विरोध पर्दशन जारी राखेका छन् । ‘सोच्नुस बुहारी पनि कसैको छोरी हो’ ‘घरेलु हिंसा बन्द गर’ लेखिएका पर्चा बोकेर बागलुङ बजारबाट ¥यालीमा निस्किएकाहरु आरोपितको घर घेराउ गरेका थिए ।

धौलागिरी अस्पताल बागलुङमा विषेशज्ञ नभएपछि सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय पोखराले पठाएको फोरेन्सिक विशेषज्ञको टोलिले जेठ ५ गते शवको परीक्षण (पोस्मार्टम) गरि जेठ ६ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा परिक्षण प्रतिवेदन पठाई सकेको छ । तर, मृतकका आफ्न्तको अन्दोलन भने रोकिएको छैन् ।

जेठ ३ गतेबाट बागलुङमै शवको पोस्मार्टम, घटनाको सत्यतथ्य छानविन, दोषीलाई कारबाहीको मागसहित धौलागिरी अस्पताल, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय बागलुङमा प्रदर्शन गर्दै आएका पीडित पक्षले आइतबार बागलुङ नगरपालिकाले आयोजना गरेको ‘हाम्रो दुई वर्ष’ कार्यक्रम स्थलमा प्रवेश गरि तोडफोड गरेपछि कार्यक्रम स्थगित भएको थियो ।

नागरिक न्यायका लागि अन्दोलनमा रहेका बेला आफु मेयर र उपमेर भएको २ वर्ष पुगेको खुसियालीमा केक काटेर रमाईलो गर्न लागेको भन्दै मृतक बालिकाका आमाले कार्यक्रमका लागि तयार गरिएको स्टेज सहित सजावट समेत तोडफोड गरेपछि नगरपालिकाले विषेश कारणबस कार्यक्रम स्थगन भएको सूचना जारी गर्दै कार्यक्रम रोकेको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले प्रहरीले घटनाको अनुसन्धान अगाडि बढाएको भन्दै सुसाइट नोट र म्यासेज परीक्षणका लागि काठमाडौँ पठाएको बताउनुभयो । प्रद्धर्शनलाई मत्थर पार्नका लागि पीडित पक्षसँग छलफल भइरहेको बरालको भनाइ छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *