१७ वर्षीया मृतक बालिकाको नाम ‘बागलुङ६’ अनुसन्धानमा सघाउन प्रहरीको आग्रह

आदर्श अनलाइन, बागलुङ
जिल्ला प्रहरी कार्यालय बागलुङले जेठ १ गते मृत फेला परेकी बागलुङकी १७ वर्षीया बालिकालाई ‘बागलुङ ६’ नाम दिएको छ । मृतक बालिका र उनको कर्तव्य गरि हत्या गरेको आरोप लागेका श्रीमन दुवै बालबालिका भएको भन्दै प्रहरीले उनिहरुको नाम गोप्य राख्दै परिवर्तित नाम राखेको हो ।

सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर प्रहरीले बालिकाको शंकास्पद मृत्युको विषयमा गरिरहेको अनुसन्धानको प्रारम्भिक नतिजा सार्वजनिक गरेको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख ऋषिराम कंडेलले घटनाको छानविन गर्न अनुसन्धान समिति गठन गरेको बताउनु भयो ।

मृतक परिवार तथा अधिकारकर्मीले निष्पक्ष छानविनको माग गर्दै आन्दोलन गरिरहेका छन् । कंडेलले अस्पतालबाट प्राप्त भएको प्रारम्भिक नतिजा अनुसार ‘बागलुङ ६’को मृत्यु झुण्डिएर भएको पाइएको बताउनु भयो । भिसेरा र बालिका झुण्डिएको कोठामा फेला परेको २ पान्नाको सुसाइड नोट परिक्षणका लागि पठाएको भन्दै कंडेलले यसको रिपोर्ट नआउदासम्म झुण्डिएको वा झुण्डिाइएको भन्न नसकिने बताउनु भयो ।

सुसाइड नोटमा बागलुङ ६ ले बाबुआमालाई सम्बोधन गर्दै क्षमा मागेको र आफुलाई मर्न बाध्य पार्नेहरुको नाम उल्लेख गरेको कँडेलले बताउनु भयो । प्रहरीका अनुसार बागलुङ ६ ले मानसिक र शारीरिक तनाव सहन नसकेकै कारण आँफु मर्न बाध्य भएको सुसाइट नोटमा उल्लेख गरेकी छन् ।

प्रहरीले बालिकाले पढ्ने विद्यालयको पछिल्लो उत्तरपुस्तिका र सुसाइट नोट भेरीफाईका लागि विधिविज्ञान प्रयोगशाला पठाएको भन्दै सुसाइड नोटका आधारमा नाम उल्लेख भएका सबै व्यक्तिको मोबाईल, चालचलन र व्यवहारको अनुसन्धान गरिसकेको बतायो ।

मृतकका बुवाले दिएको किटानी जाहेरीका आधारमा मृतकका श्रीमान, सासु, नन्द र ठुला ससुरालाई पक्राउ गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान भैरहेको छ ।

घटनामा सुरुवातदेखि अनुसन्धानमा खटिएका प्रहरी अधिकृतमाथी पीडित पक्ष असन्तुष्ट देखिएकाले अनुसन्धान अधिकृत परिवर्तन गरिएको कँडेलले बताउनु भयो । छानविनमा कुनै कमजोरी नहुने भन्दै उहाँले सहयोग गरिदिन सबैसँग आग्रह गर्नुभयो ।

परिवार र सरोकारवालाले भिसेरा रिपोर्ट नआउने बेलासम्म शव बुझ्न मानेका छैनन् । मृतकको शव एक सातादेखि धौलागिरी अस्पतालमा राखिएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *